गुगलको निःशुल्क वाइफाइ

गुगलले विश्वभर निःशुल्क वाइफाइ सेवा उपलब्ध गराउने भएको छ । प्रारम्भिक चरणमा गुगलले अमेरिकाको न्यूयोर्क सहरमा परीक्षण सुरु गरेको खबर छ ।
लिंक एनवाइसी नामको परियोजनाका लागि गुगलले निःशुल्क पब्लिक हट स्पट नेटवर्कको निर्माण गरिरहेको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले जनाएका छन् । यो परीक्षण सफल भएमा विश्वभर नै निःशुल्क वाइफाइ वितरण गर्ने योजना कम्पनीले बनाएको छ ।
गुगलले साइडवाक ल्याब्स नामको अलग्गै कम्पनी मार्फत् निःशुल्क वाइफाइ सेवा सञ्चालन गर्ने भएको छ ।
न्यूयोर्कमा निःशुल्क इन्टरनेट उपलब्ध गराउने कामलाई मूर्र्तरुप दिन गुगलले न्युयोर्किस्थत बिक एप्पलको पुरानो टेलिफोन बुथको प्रयोग गरेको छ । गुगलले यस परियोजनाका लागि प्रयोगमा नआएका पुराना १० हजार फोन बुथ प्रयोग गर्ने तयारी गरेको छ । गुगलको यो परीक्षण सफल भएमा यो परियोजनालाई विश्वका विभिन्न मुलुकमा समेत विस्तार गर्ने योजना बनाएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here