खल्ती र बिगमुभिजले नगदरहितफिल्म टिकेटिङको लागि गरे साझेदारीको घोषणा

Khalti Big Movies partnership

असार १४, २०७५, काठमाडौं
खल्ती र बिगमुभिजले सजिलो र सुरक्षित रुपले मोबाइलबाटै फिल्म टिकट किन्न मिल्ने सेवाका लागि रणनीतिक साझेदारीको घोषणा गरेका छन्।
खल्तीका डाइरेक्टर अमित अग्रवाल र सिनेस्टार प्रा. लि. का सीईओ भरत अग्रवालले उक्त सम्झौता पत्रमा हस्ताक्षर गरेका हुन्। यस सम्झौताअनुसार अब ‘बिगमुभिज डटकम डटएनपी’ मागएर फिल्मको टिकट बुकिङ गरेपछी ग्राहकले सजिलै आफ्नो खल्ती आईडी मार्फत उक्त टिकटको पैसा तिर्न सक्नेछन्।
यस साझेदारीबाट उत्साहित ‘खल्ती’ का डाइरेक्टर अमित अग्रवालले भने, “अब फिल्म हेर्न जानेहरुले नगद बिना नै फिल्म टिकटको पैसा भुक्तानी गर्न सक्नेछन्। यसले फिल्म हेर्न जाने दर्शकलाई टिकटिङ र पेमेन्ट प्रक्रिया झन्झट मुक्त र निकै सहज बनाउने छ। तपाईंले जुनसुकै बेला जहाँ रहेर पनिआफ्नो लागि वा साथीभाई र परिवारको लागि फिल्म टिकट बुक गर्न र पैसा भुक्तानी गर्न सक्नुहुनेछ। यो लगायत अन्य थुप्रै सेवाहरु खल्तीमा पहिले नै उपलब्ध छन् र हामीअरु धेरै सुविधाहरु थप्ने क्रममा छौँ ।”
त्यसै गरी सिनेस्टार प्रा. लि. का सीईओ भरत अग्रवालले भने, “एउटा ‘सेवाउद्योग’को हैसियतले हामीले हाम्राग्राहकहरुलाई शतप्रतिशत सन्तुष्टी दिने सदैव प्रयास गर्छौं। हाम्रा सेवाहरु झनै स्तरिय बनाउनका लागि हामीले खल्ती सँगको यो सहकार्य सुरुवात गरेका हौँ । अब ग्राहकहरुले अन्लाईनबाट सजिलै फिल्म टिकटको पैसा भुक्तानी गरी समय र पैसाको सदुप्रयोग गर्न सक्नु हुनेछ।”
छिमेकी देशहरू भारत, चीन र बांग्लादेशको तुलनामा नेपाल मोबाइल भुक्तानीको प्रयोगमा धेरै पछाडी छ। यो साझेदारीबाट नेपालमा केहि मात्रामा भए पनि मोबाइल भुक्तानीको प्रयोग बढ्ने अनुमान गर्न सकिन्छ।
नेपाल सरकारद्वारा भर्खरैे घोषणा गरिएको बजेटमा एक वर्ष भित्रै सबै नेपाली बैंक खाताखोल्ने अभियान सुरु गर्ने र यस साथै घरमा बसी बसी मोवाइलबाटै सरकारलाई राजश्वतिर्न सकिने प्रणालीको सुरुवातगरी सकेको यो अवस्थामा खल्ती र बिग मुभिजले गरेको यो संयुक्त अभियानले धेरै महत्व राख्ने देखिन्छ।
र, यो अभियानले अहिले सम्म मोबाइलबाट भुक्तानी गर्ने बानीको सुरुवात नगरेका व्यक्तिहरुका लागि बानी परिवर्तन गर्न र खल्तीको सजिलो मोबाइल भुक्तानीको मज्जा लिन प्रोत्साहित गर्नेछ ।
काठमाडौंको कमलपोखरी स्थित सिटी सेन्टरमा रहेको बिग मुभिजदर्शकहरुको रोजाइमा रहेको सुविधा सम्पन्न मल्टिप्लेक्स हल हो । बिग मुभिजमाअहिले कूल८ सय७० सिट क्षमताका तीन वटा थिएटर छन्। क्लियर पिक्चर, गुणात्मक साउण्ड सिष्टम, आरामदायी कुर्ची, गुणस्तरका साथै उत्कृष्ट सेवा मार्फत रोमाञ्चक अनुभूति दिलाउने बिग मुभिजको विशेषताहो।
सन २०१७, जनावरी २६ बाट नेपाली बजारमा आरम्भ भएको खल्ती, एक उदयमान र रुचाइएको पेमेन्ट गेटवे हो। खल्ती एप प्रयोग गरी मोबाइल रिचार्ज, बिजुली र पानीको बिल भुक्तानी, इण्टरनेट तथा डीटीएचको बिल भुक्तानी, फिल्म टिकट, प्लेन टिकट, होटेल रुम बुकिङ तथा अन्य थुप्रै सेवाहरुको मोबाइलबाटै भुक्तानी गर्न सकिन्छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here