कान्तिपुर मिडिया ग्रुपको लगानी F1 Soft मा

Share It On:

एफवान सफ्टमा कान्तिपुर मिडिया ग्रुपको लगानी, अब दूरदराजसम्म मोबाइलमार्फत कारोबार

र्इ- सेवा,मोबाइल तथा इन्टरनेट बैंकिङ लगायतका सूचना प्रविधिको क्षेत्रमा काम गर्दै आएको कम्पनीलार्इ अझै विस्तार गर्न कान्तिपुर मिडिया ग्रुप (केएमजी)ले लगानी गरेको हो।कम्पनीले उत्पादन गरेका सेवाहरु नेपालका ९५ प्रतिशत बैंक तथा वित्तिय संस्थाले प्रयोग गर्दै आएका छन्।यो सेवाबाट पचास लाख भन्दा बढी ग्राहक लाभान्वित भएका छन्।

एफ–वान सफ्टअन्तर्गतको ई–सेवाले ‘मोबाइलवालेट’ र ‘पेमेन्ट गेटवे’ का रुपमाविगतनौ बर्षदेखि बैंक तथाबित्तिय संस्थाहरुलाई आम नागरिकसँग जोडेको कम्पनीद्धारा जारी विज्ञप्तिमा उल्लेख छ। यो सेवा लिने ग्राहकहरुले मोबाइलबाटै महसुल तिर्न, रकम तिर्न र पठाउन सक्छन्।केएमजीसँगको सहकार्यले गाउँसम्म आर्थिक पहुँच पुर्याउन सहयोग पुग्ने कम्पनीले जनायो।

कम्पनीका अध्यक्ष विश्वास ढकालले मोबाइलमार्फत विद्युतीय आर्थिक कारोबारलार्इ सहजीकरण गर्ने बताउँदै दूरदराजसम्म वित्तिय सेवा सम्भव हुने बताए।उनले केएमजीसँगको सहकार्यबाट स्थानीय आवश्यकतामा आधारित वित्तिय प्रविधिको विकासलार्इ अगाडी बढाउन सम्भव हुने बताए।

Source:  Click Here

Share It On:

Leave a Reply

Your email address will not be published. Required fields are marked *