ओपोद्वारा ‘वाटरफल स्क्रिन’ प्रविधि प्रदर्शित डिजाइन एस्थेटिक्सको उत्कर्स

श्रावण १३, काठमाडौं ।
ओपोले ‘वाटरफल स्क्रिन’ डिजाइन सहितको एउटा प्रोटोटाइप उपकरण प्रदर्शित गरेको छ । यसमा रहेको झण्डै भर्टिकल (ठाडो) ८८ डिग्रिको कर्भ्ड बडीले सटिक दृष्यानुभूति दिनुका साथै उपकरणलाई करिव करिव बोर्डर रहित बनाइदिएको छ । यसले ओपोको मोबाइल फोनलाई नयाँ आकार दिने नव प्रबर्तनात्मकतातिर अग्रसर खोजीको प्रतिनिधित्व गर्नुका साथै, फुलस्क्रिन प्रविधि र उत्कृष्ट सौन्दर्यता अग्रसर खोजी पनि प्रतिबिम्बित गरेको छ ।

‘वाटरफल स्क्रिन’ले प्रस्तुत गरे झैँ नयाँआकार सम्बद्ध विभिन्न कारक तत्व तथा धातु सम्बन्धि खोज ओपोको आर एण्ड डी का ५ प्रमुख क्षेत्र मध्य एक हो । कर्भ्ड डिस्प्ले डिजाइनका क्षेत्रमा पनिओपोको फराकिलो अनुभव रहेको छ । पछिल्लो पटक ओपो फाइन्ड एक्समा कम्पनीले पानोरामिक आर्क स्क्रिन डिजाइनका साथमा ९३.८ प्रतिशत स्क्रिन–टू–बडी रेसियो प्रस्तुत गरिसकेको छ । नयाँ‘वाटरड्रप स्क्रिन’फोनको बाह्य डिजाइनमा ओपोको नयाँ उपलब्धि हो ।

उपभोक्तालाई स्मार्ट उपकरणका अनेकन विकल्प उपलब्ध गराउन ओपो सुन्दरता र नवप्रबर्तनात्मक प्रविधि विचको मिलन विन्दूको निरन्तर खोजीमा लागि परेको छ । अब वाटरफलस्क्रिन डिजाइनका माध्यमबाट ओपोले आफ्ना उपभोक्तालाई अदृतिय दृश्यानुभुति र अभूतपूर्व सौन्दयानुभव प्रदान गर्ने उद्देश्य लिएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here