कुनै समय इन्टरनेट जाएन्ट गुगलको एन्ड्रोइड सफ्टवेयरका हर्ताकर्ता रहेका एन्डी रुबिनले उच्च मूल्यको गुणस्तरीय स्मार्टफोन बजारमा ल्याएका हुन् ।
रुबिनले सन् २०१४ मा गुगलको जागिर छाडेर एक प्रविधि लगानी कम्पनी खोलेका थिए । उक्त लगानी कम्पनीले इसेन्सल नामक एक कम्पनीमा लगानी गरेको थियो र सोही इसेन्सल कम्पनीले आफ्नो पहिलो स्मार्टफोनको रुपमा इसेन्सल फोन लञ्च गरेको हो ।
यो डिभाइस एन्ड्रोइड अपरेटिङ सिस्टममा आधारित छ । यसको मूल्य अमेरिकामा ६ सय ९९ डलर तोकिएको छ ।
बजारमा हाल स्थापित ब्राण्डका स्मार्टफोनहरु अगाडि यो स्मार्टफोन खरो उत्रिन सक्नेमा विज्ञहरुले शन्देह प्रकट गरेका छन् ।
स्मार्टफोन बजारमा मौजूदा सर्वाधिक शेयर सामसुङको रहेको छ । जसले स्मार्टफोन बजारमा २१ प्रतिशत हिस्सा ओगटेको छ । दोश्रो स्थानमा एप्पलको हिस्सा १४ प्रतिशत रहेको छ ।
यो फोन महंगो भएको र यसले बजारमा रहेका सुपथ मूल्यका राम्रा फोनसँग टक्कर लिने नसक्ने कतिपयले बताएका छन् ।
यो स्मार्टफोनमा २ वटा मूख्य क्यामरा रहेका छन् । त्यस्तै एउटा सेल्फी क्यामरा रहेको छ, जसमा सेल्फी मोडमा कुनैपनि प्रकारको प्रकाशको अवस्थालाई ह्याण्डल गर्न सक्दछ ।
यो स्मार्टफोनमा टाइटानियम प्रयोग गरिएको छ । जसका कारण यो फोनमा बाहिरी खोल राख्नुपर्ने छैन, सुरक्षित रहेको छ ।
एजेन्सी
२०७४ जेठ १८ गते १४:२१ मा प्रकाशित
Source:Click Here