एनसेलले ल्यायो दैनिक फ्री बोनस टक टाइम, डेटा र एसएमएसको अफर

Share It On:

१३ असार, काठमाडौं । एनसेलका सबै पि्रपेड तथा पोस्टपेड ग्राहकले अब हरेक दिन आकर्षक उपहार प्राप्त गर्न सक्नेछन् । एनसेल प्राइभेट लिमिटेडले आफ्ना ग्राहकका लागि ‘सबैलाई उपहार हरेक दिन लगातार’ योजना ल्याएको छ, जस अन्र्तगत एनसेलका ग्राहकले अब ३० दिनसम्म हरेक दिन आकर्षक बोनस उपहारहरु पाउनेछन् ।

यो अफर यहि असार १४ (बुधबार) बाट लागु हुनेछ । एनसेलका ग्राहकले एस्टि्रक्स १७१२४ ह्यास डायल गरी निर्देशन अनुसार अथवा अंग्रजीमा ‘ए’ टाईप गरी १७१२४ मा एसएमएस पठाई यो योजनामा निःशुल्क सहभागी हुन सक्छन् ।

आकर्षक उपहार अन्र्तगत ग्राहकले १०० एमबी, २० एमबी, १० एमबी डेटा, १५ मिनेट बोनस टक टाइम, १५ मिनेट नाइट टक टाईम बोनस, १० मिनेट डे टक टाइम बोनस र २० बोनस एसएमएस लगायतका उपहारहरु मध्य कुनै एक हरेक दिन प्राप्त गर्न सक्नेछन् ।यो योजनामा सहभागिता जनाए पछि ग्राहकले विविध उपहार मध्ये हरेक दिन निश्चित डेटा भोल्युम, बोनस टक टाईम, बोनस एसएमएस लगायतका मध्येबाट कुनै एक उपहार प्राप्त गर्न सक्नेछन् ।

यसरी प्राप्त उपहार ग्राहकले त्यसै दिन अर्थात रात्री १२ बजेभित्र प्रयोग गरी सक्नुपर्ने छ । रात्री १२ बजे पछि अघिल्लो दिनको बोनस उपहार स्वतः सकिनेछ र ग्राहकहरुले फेरी त्यस दिनको मध्यरात सम्म मान्य हुने उपहार प्राप्त गर्नेछन् । प्राप्त बोनस टक टाइम र एसएमएस एनसेल नेटवर्कमा मात्र लागु हुनेछ ।

“आफ्ना ग्राहकलाई सधै उत्कृष्ट सेवा अनुभव प्रदान गर्नु एनसेलको उच्च प्राथमिकता रहदै आएको छ । यो अफरले ग्राहकलाई आफ्ना पि्रयजनसँग थप सम्पर्कमा रहन संभव बनाउदै लाभ प्रदान गर्ने कुरामा हामी विश्वस्त छौं,” एनसेलका कर्पोरेट संवाद विज्ञ मिलन शर्माले भने ।

यो योजना सुरु भएको दिन देखि ३० दिन सम्मको लागि रहनेछ र ग्राहकले एक चोटि यो सेवा सुचारु गरे पछि सेवा निष्कृय गर्न मिल्नेछैन ।

२०७४ असार १३ गते १९:४० मा प्रकाशित

Source: Click Here

Share It On:

Leave a Reply

Your email address will not be published. Required fields are marked *