एनसेलको एसइई परीक्षार्थीका लागि ‘पहिलो सिम’ नामक विषेश अफर

मोबाइल सेवा प्रदायक कम्पनी एनसेलले २०७३ सालको माध्यामिक शिक्षा परीक्षा (एसईई) मा सहभागी भएका परीक्षार्थीहरुका लागि ‘पहिलो सिम’ नामक विषेश अफर ल्याएको छ।

यस योजना अन्तर्गत परीक्षार्थीले १ रुपैयाँमा एनसेलको प्रिपेड सिम खरिद गर्न सक्नेछन्। साथै ३० दिन सम्म ५ वटा आफ्नो माइफाइभ नम्बरमा अनलिमिटेड कल सेवाको फाइदा लिन सक्नेछन्।

सो योजना आइतबारदेखि लागू हुने कम्पनीले जनाएको छ। एसईई परीक्षार्थीले आफ्नो परीक्षा प्रवेश पत्र र आमा वा बाबुको नागरिकताको फोटोकपी बुझाई नजिकैको एनसेल सेन्टरबाट सिम लिन सक्नेछन्। यो योजना अन्र्तगत परीक्षार्थीले सिम खरीद गरी ५० वा सो भन्दा बढीको रिचार्ज गरे पछि विना कुनै अतिरिक्त शुल्क माइफाइभ समुहको ५ वटा नम्बरमा ३० दिन सम्म अनलिमिटेड कल सेवाको लाभ लिन सक्नेछन्।

ग्राहकले एस्ट्रिक्स५५४४ह्यास डायल गरी प्राप्त निर्देशन अनुसार आफुले कुरा गर्न चाहेको एनसेल नम्बरलाई माइफाइभमा समुहमा राख्न सक्नेछन्। माइफाइभ सेवाको समूहमा ५ वटा नम्बर राखी सकेपछि त्यसमा रहेका कुनै नम्बर हटाई अर्को नम्बर समावेश गर्नुपर्ने भएमा प्रत्येक परिवर्तनको कर बाहेक ५ रुपैयाँ शुल्क लाग्नेछ l साथै यो योजना ९० दिन सम्मको लागि मान्य रहने एनसेलका कर्पोरेट सम्वाद विज्ञ मिलन शर्माले जानकारी दिए।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here