उद्यमी सिड क्याम्प, उद्यमीहरुलाई व्यवसायमा परिवर्तन गर्ने अवसर

Share It On:

विश्व पर्यटन क्षेत्रमा, युनाइटेड नेसन्स वल्र्ड टुरिजम एशोशिएसनले पर्यटक मात्र नभई पर्यटन सम्बन्धि योजनाहरुलाई पनि स्वागत गरिसकेको परिपेक्षमा नेपाल पर्यटन बोर्डले, उद्यमी इनोभेसन्स सँगको सहकार्यमा पर्यटन सँग सम्बन्धित पर्यटन क्षेत्रमा योगदान दिने संभावना बोकेका नविन योजनाहरुलाई व्यवसायमा परिवर्तन गर्न सक्ने अवसर प्रदा नगर्ने उद्देश्यका साथ उद्यमी सिड क्याम्प नामक कार्यक्रम आयोजना गरेको छ । यस कार्यक्रम अन्र्तगत विभिन्न संभावित उद्यमीहरुलाई आफ्नो योजनालाई व्यवसायमा परिवर्तन गर्ने अवसर प्रदान गरिनेछ । अन्ततःति योजनाहरुले राष्ट्रको पर्यटन विकासमा टेवा पनि पु¥याउने हुनाले इच्छुक उद्यमीहरुबाट निवेदनआह्वान गरिएकोमा ६१ नियम अनुरुप निवेदन पाइएको थियो । जस मध्ये, ३४ उत्कृष्ट योजनाभएका टोलीहरुलाई अन्र्तवातामा समावेश गरिएको थियो र दिइएका मापदण्डहरुमा रहि छनौट टोलीले उत्कृष्ट २० लाई पोखरामा यहि मिति २०७५।०७।१३ देखि २०७५।०७।२० सम्म हुन लागि रहेको ६ दिने उद्यमी बुट क्याम्पमा सहभागि गराइनेछ ।
बोर्डका कार्यकारी अधिकृत श्री दिपक राज जोशीका अनुसार पर्यटन उद्यमी सिड क्याम्पले आकांक्षी उद्यमीहरुलाई आफ्नो योजनालाई जाच्ने, परिस्कृत गर्ने सूवर्ण अवसर प्रदान गर्ने र अन्ततः राष्ट्रको २०२०को उद्देश्यलाई समेत योगदान पु¥याउने छ । पर्यटन भित्र मै पनि विभिन्न क्षेत्रसँग सम्बन्धित भएका निवेदन हरुलाई सो क्षेत्रहरुमा विभाजन गरि उत्कृष्ट २० टोलीहरु छानिएका र सो टोलीहरुलाई ६ दिने बुट क्याम्पमाआफ्नो योजनामा काम गर्ने अवसर मिल्ने र ६ दिन सम्म विभिन्न विशेषज्ञहरुले आफ्नो सत्रमार्फत तथा मेन्टरिङ गरेर योजनाहरुलाई परिस्कृत गर्न सहयोग गर्नेछन । परिस्कृत योजनातथाआफ्नो पिचलाई उद्यमीहरुले पछि डेमो डे मा विभिन्न लगानीकर्ता सहितका सरोकारवाला हरु माझ प्रस्तुत गर्नेछन् ।
यस कार्यक्रममा लक्ष्मी बैंक तथा लक्ष्मी क्यापिटल, गेट कलेज, वल्र्ड इनोभेसन्स , इम्याजिन नेपाल लगायतका विभिन्न सरोकारवाला हरुको सहकार्य रहेको छ । यस कार्यक्रममा बैकिंङ तथा फाइनेन्स पार्टनर लक्ष्मी बंैक तथा लक्ष्मी क्यापिटल लगायत विभिन्न लगानीकर्ताहरुले कार्यक्रममा सहभागि उत्कृष्ट टोलिहरुको योजना लाई लगानी गर्ने पनि इच्छा प्रकट गरेका छन ।


Share It On:

Leave a Reply

Your email address will not be published. Required fields are marked *