आर्थिक वृद्धिदर २ दशमलव १६ हुने प्रक्षेपण

Finance Minister Dr. Prakash Sharan Mahat
Share It On:

१५ जेठ, काठमाडौं ।

सरकारले चालु आवमा आर्थिक वृद्धिदर २ दशमलव १६ प्रतिशत हुने प्रक्षेपण गरेको छ ।

चालु आर्थिक वर्षमा आधारभूत मूल्यमा २ दशमलव १६ प्रतिशतले आर्थिक वृद्धि हुने अनुमान रहेको छ । विश्व अर्थतन्त्रमा देखिएको शिथिलता तथा केही आन्तरिक कारणले आर्थिक गतिविधिमा सुस्तता आएको हुँदा आर्थिक वृद्धि न्यून हुने देखिएको अर्थमन्त्री डा. प्रकाशशरण महतले बताए ।

चालु आर्थिक वर्षको चैत महिनामा मुद्रास्फीति ७.७६ प्रतिशत रहेको छ। खासगरी आयातित वस्तुको मूल्यवृद्धि र अमेरिकी डलरसँग नेपाली मुद्राको अवमूल्यन हुँदा मुद्रास्फीतिमा चाप परेको महतको भनाइ छ । आर्थिक वर्ष ०७९\८० मा आर्थिक बृद्धिको लक्ष्य ५ दशमलव ८ प्रतिशत राखेपनि आर्थिक गतिविधिमा आएको शिथिलताका कारण उक्त लक्ष्य हासिल हुन सकेको थिए


Share It On:

Leave a Reply

Your email address will not be published. Required fields are marked *