अब स्न्यापच्याटबाट एकै पटकमा १६ जनासँग कुरा गर्नुस्

Share It On:

काठमाडौं- युवापुस्ता माझ लोकप्रिय सामाजिक सञ्‍जालको एप्लिकेशन स्न्यापच्याटले नयाँ ग्रुप भिडियो च्याट फिचर लिएर आएको छ। स्न्‍यापच्याटले भित्र्याएको यो नयाँ फिचरमा एकैपटकमा १६ जना प्रयोगकर्ताले एक-आपसमा च्याट गर्न सक्नेछन्।

यसका साथै यसमा स्न्यापच्याटबाट प्रयोगकर्ताले आफूले चाहेको टेक्स्ट, भिडियो वा अडियोमार्फत आफ्‍ना प्रतिक्रियाहरु व्‍यक्त गर्न सक्‍ने बताइएको छ।

ग्रुप च्याटमा यदि कुनै प्रयोग आफ्नो भिडियो नदेखियोस् भन्‍ने चाहन्छन् भने उसले आफ्नो भिडियो अफ गरेर अडियोमार्फत च्याट गर्न सक्ने छन्। अथवा, टेक्स्ट लेखेर मात्रै पनि त्यो ग्रुप च्याटमा सामेल हुन सक्नेछन्।

भिडियो च्याट प्रयोग गर्दा पनि स्न्यापच्याटमा उपलब्ध सबै फेस फिल्टर प्रयोग गर्न सकिन्छ। यसले ग्रुप च्याट फिचरलाई झनै रोचक बनाइदिएको छ। एकैपटक यति धेरै प्रयोगकर्ता जोडिन सक्ने र जुनसुकै माध्यमबाट पनि च्याटमा सामेल हुन सक्ने फिचर अहिलेसम्म अन्‍य सामाजिक सञ्‍जालले सुरु गरेका छैनन्। तर स्न्यापच्याटको यो फिचर विस्तारै अन्य सोसल मिडियाहरु पनि सुरु गर्ने अनुमान गरिएको छ।

त्‍यस्तै ग्रुप च्याटसँग स्न्यापच्याटमा अर्को नयाँ अपडेट पनि थपिएको छ। स्न्यापच्याटमा स्टोरीहरु सेयर गर्दा त्यसमा अन्य प्रयोगकर्तालाई पनि मेन्सन गर्न सकिन्छ।


Share It On:

Leave a Reply

Your email address will not be published. Required fields are marked *