अब फेसबुक म्यासेन्जरबाट SMS पठाउन सकिने

Share It On:

मंगलबार फेसबुक कम्पनीले आफ्नो एन्ड्रोइड म्यासेन्जरबाट अब SMS पनि पठाउन सकिने घोषणा गरेको छ।  SMS हेर्न छुट्टै स्क्रिनमा जान नपर्ने तथा यो फिचर बैकल्पिक भएको फेसबुकले आफ्नो पोस्टमा जनाएको छ। फेसबुकले पनि टेक कम्पनीका लागि म्यासेजिङ एप प्रमुख पाटो बन्दै गएको समयमा आफ्ना प्रयोगकर्तालाई यसमा जोडिराख्न विभिन्न फिचर ल्याउने क्रम जारी छ।

फेसबुक म्यासेन्जरको SMS फिचर सेटिङमा गएर अन गर्न सकिन्छ। म्यासेन्जरमा म्यासेज निलो रङमा आउँछ भने SMSको बैजनी रङमा आउनेछ। यसका लागि सामान्य टेक्सट म्यासेजको झैँ शुल्क लाग्ने बताइएको छ। आइओएसले हाल एपको माध्यमबाट टेक्स्ट म्यासेजको पहुँच नदिने हुनाले तत्काल यो फिचर नभएको बताइएको छ।


Share It On: