अब फेसबुक म्यासेन्जरबाटै पैसाको कारोवार गर्न सकिने

Share It On:

अब फेसबुकले आफ्नो म्यासेन्जरको माध्यमबाट पनि पैस पठाउन वा लिन सकिने बनाएको छ। पेपल जस्तै म्यासेन्जरबाट पनि पैसा लिन वा दिन सकिने भएको हो। उक्त सुविधा पाउनको लागि विभिन्न चार चरणहरु पुरा गर्नु पर्दछ।

पहिलो चरणमा डेविट कार्डलाई म्यासेन्जरमा कनेक्ट गर्नुपर्छ। त्यसपछि आईओएस् एप्स् सेटिङमा ट्याप गरी भुक्तानी टाइप गरेपछि पहिलो प्रक्रिया पुरा भएको मानिन्छ।

दोस्रो चरणमा जसलाइ पैसा पठाउन वा जसबाट पाउन चाहिन्छ उससँग एक पटक च्याट गर्नुपर्दछ। त्यसपछि टुलबारमा गएर ट्याप गर्नु पर्ने हुन्छ जहाँ तीनवटा डट्स सहितको आयाताकार बक्स भेटिन्छ।

त्यस्तै तेस्रो चरणमा भुक्तानी लेखेको ठाउँमा गएर क्लिक गर्नुपर्छ त्यस पछि आंफुले पठाउन वा पाउन चाहेको रकम लेख्नुपर्दछ।

चौथौ चरण आंफुले पठाउन वा पाउन चाहेको रकम भुक्तानीको कारण सहित उल्लेख गरेपछि उक्त म्यासेन्जरबाट रकम भुक्तानीको प्रक्रिया सम्पन्न भएको मानिन्छ। यसले इलेक्ट्रोनिक्स लेनदेनलाई अझ बढि प्रभावकारी बनाइदिने विश्वास गरिएको छ।


Share It On:

Leave a Reply

Your email address will not be published. Required fields are marked *