बीटीएस टावरलाई गुगल म्यापसँग जोडिँदै

सरस्वती ढकाल काठमाडौं, ११ जेठ- नेपाल दूरसञ्चार प्राधिकरणले बेस स्टेसन टावर (बीटीएस)हरूलाई गुगल म्यापसँग जोड्दै दूरसञ्चार सेवाको अनुगमन सहज बनाउने भएको छ । उसले सबै सेवाप्रदायकका टावरहरू भौगोलिक सूचना सिस्टम (जीआईएस)मा रुपान्तरण गरी एउटै सर्भरबाट देशभर अनुगमन गर्नेछ । मोबाइल/टेलिफोन सेवाको गुणस्तर अभिवृद्धि तथा प्राकृतिक विपत्तिमा अत्यावश्यक सूचनालाई निरन्तर राख्ने लक्ष्यबमोजिम यो कार्यक्रम अगाडि सारिएको प्राधिकरणले जनाएको छ । प्राधिकरणले चालू आर्थिक वर्षभित्र परामर्शदाता छनोट गरी अर्को वर्षभित्र सम्पूर्ण बीटीएसलाई जीआईएसमा लैजाने तयारी गरेको छ ।…

"बीटीएस टावरलाई गुगल म्यापसँग जोडिँदै"

किन हुन्‍छ ह्‍याकिङ हैरानी ?

विजय-लिम्बू-सेनिहाङ अहिले साइबर संसारमा ह्‍याकिङको ठूलो डर छ। वास्तवमा ह्‍याकिङ नराम्रो उद्देश्यका साथ प्रचलनमा आएको होइन। तर, यसको दुरुपयोग भइदिएपछि यो अहिले साइबर संसारमा त्रासको एउटा पक्ष बन्न पुगेको छ। हुन पनि ह्याकिङले कैयौं समस्या ल्याइदिएको छ। ह्‍याकिङ एक प्रकारको जुक्ति हो। मानौं, तपाईं बिग्रिएको घडी बनाउँदै हुनुहुन्छ। कतैबाट मगाइएको सामग्रीबाट तपाईंको घडी बनेन भने त्यसलाई परिमार्जन गरेर अर्को जुक्ति लगाउँदा जब घडी बन्छ र चल्न थाल्छ भने त्यही परिमार्जित ज्ञान प्रयोग गरिनुलाई नै कम्प्युटरको क्षेत्रमा ह्याकिङ भनिन्छ।…

"किन हुन्‍छ ह्‍याकिङ हैरानी ?"

किबोर्ड कि

More than 100 Keyboard Shortcuts Keyboard Shortcuts (Microsoft Windows) 1. CTRL+C (Copy) 2. CTRL+X (Cut) 3. CTRL+V (Paste) 4. CTRL+Z (Undo) 5. DELETE (Delete) 6. SHIFT+DELETE (Delete the selected item permanently without placing the item in the Recycle Bin) 7. CTRL while dragging an item (Copy the selected item) 8. CTRL+SHIFT while dragging an item (Create a shortcut to the selected item) 9. F2 key (Rename the selected item) 10. CTRL+RIGHT ARROW (Move the insertion…

"किबोर्ड कि"

आइकार यस्तो फोटो फिचरसहित

विश्वको मोबाइल बजारमा ठुलो हिस्सा ओगटेको एप्पल र इन्टरनेटको अग्रडी कम्पनी गुगल बिच अब स्वचालित कारमा पनि प्रतिपर्धा हुनसक्ने अनुमान लगाइएको छ। एप्पल आफ्नै स्वाचालित कार परिक्षण गर्न ठाउँको खोजीमा रहेको जानकारी बाहिर आएको छ। कार बनाइसकेर परिक्षण गर्न तयार भएको हो या केवल नयाँ कारको प्रोजेक्ट सुरु गर्न लागेको, सो भने खुलासा भएको छैन। तर सुरक्षित र गोप्य परिक्षण क्षेत्र खोजीको लागि भने एप्पलले चाख देखाएको बताइन्छ। विश्वको मोबाइल बजारमा ठुलो हिस्सा ओगटेको एप्पल…

"आइकार यस्तो फोटो फिचरसहित"

अब प्रिपेड मोबाइलमा पनि डाटा प्याकेज

काठमाडौं । भदौ १ गतेदेखि लागू हुने गरी नेपाल टेलिकमले जीएसएम प्रिपेड मोबाइल ग्राहकलाई लक्षित गर्दै डाटा प्याकेज ल्याएको छ । टेलिकमले ब्रोञ्ज प्याक, सिल्भर प्याक र गोल्ड प्याक गरी तीन प्रकारको प्याकेज ल्याएको छ । ब्रोञ्ज प्याक अन्तर्गत २ सय र ५ सय एमबी डाटा प्याकेज उपलब्ध हुने छ । दुई सय एमबी प्याकको १३० रुपैयाँ र ५ सय एमबी प्याकको ३ सय रुपैयाँ तोकिएको छ । यो प्याक एक महिनाभित्र सिध्याउनुपर्ने हुन्छ ।…

"अब प्रिपेड मोबाइलमा पनि डाटा प्याकेज"

फेसबुकले ब्रेकिङ्ग न्युज एपबाट

फेसबुकले संसारमा भईरहेको घटनाहरुको समाचारका लागि छुट्टै मोबाइल न्युज एप बनाउदै छ। फेसबुकले नयाँ एप बनाउने छ जसबाट हामीले कुनै नयाँ घटना हुने बित्तिकै त्यसको समाचारको सुचना आ-आफ्नो मोबाइलमा पाउनेछौँ। यी सुचनाहरु ट्विटरमा ट्विट गरिएको १४० अक्षरमा सिमित सुचना आएझै आउनेछन्। उक्त एप प्रयोगकर्ताको ईच्छा अनुसार समाचार प्रदान गर्ने तरिकाले डिजाइज हुँदैछ। यस एपले प्रयोगकर्तालाई आफुले रुचाएको विषयहरुको सुझाव दिनेछ। प्रयोगकर्ताले केहि विषयहरु छान्नेछन् र त्यहि विषय सम्बन्धी समाचारहरुको सुचना पाउनेछन्। यी सुचनाहरु क्लिक गर्दा…

"फेसबुकले ब्रेकिङ्ग न्युज एपबाट"

दशैंपछि डिजिटल लाइसेन्स

सवारी चालक अनुमति पत्र लाइसेन्स व्यवस्थित र सुरक्षित बनाउन सरकारले दशैपछि स्माट कार्ड लाइसेन्स जारी गर्न लागिएको जनाएको छ । नयाँ कार्ड वितरण पश्चात नक्कली लाइसेन्सको समस्या समेत पूर्णरुपमा समाधान हुने विभागको भनाइ छ । हेर्दा एटिम कार्ड जस्तै देखिने यो कार्ड घामले नखुइलिने, पानीले नभिज्ने तथा नभाचिने र नकोरिने खालको हुनेछ भने लाइसेन्सको चिप्समा चालकको सम्पूर्ण विवरण रहनेछ । सरकारले एसियाली विकास बैंकको १५ करोड रुपैयाँ सहयोगमा स्मार्ट लाइसेन्स प्रयोगमा ल्याउन लागेको हो ।…

"दशैंपछि डिजिटल लाइसेन्स"

Interview of seo expert कृष्ण बोगटी

हामीले seo expert कृष्ण बोगटी सँग seo बारेमा केही जान्ने प्रयास गरेका छौ । उहासँग गरिएको कुराकनिको केही अंस सर्च इन्जिन अप्टिमाइजेसन (SEO) भनेको के हो? SEO को पुरा Search Engine Optimization हुन्छ । तपाइले  कुनै कुरामा जानकारी लिनुपर्ने भयो अब के गर्नुहुन्छ ? तपाइ student हुनुहुन्छ, Australia को एउटा university सेलेक्ट गर्नुपर्यो भने के गर्नुहुन्छ ? तपाइले president house कसरी खोज्नुहुन्छ् ? काठमांडौमा राम्रो रेस्टुरेन्ट कँहा छ भन्ने जानकारी कसरी गर्नुहुन्छ ? अबअब यी कुरामा तपाइ खोज्दै त हिड्नुहुन्न होला…

"Interview of seo expert कृष्ण बोगटी"

के यस्तो हुनेछ सन् २०१५ को आइफोन ? (फोटोफिचर)

आइफोन सिक्स केहि दिन पहिले लञ्च भइसकेको छ । यो आफ्नो अघिल्ला मोडलहरुभन्दा निकै स्लिम त छँदै छ यसका साथै यसमा ए8 चिपका साथै क्वाड कोर १.८ गिगाहर्ज क्वाड प्रोसेसर रहेको छ । साथ–साथै यसमा १० मेगापिक्सेलको मेन क्यामरा र टच आइडी जस्ता फिचर दिइएको छ तर अब एप्पलको अर्को आइफोन कस्तो प्रकारको होला ? यो बारेमा अहिलेदेखी नै चर्चा सुरु भइसकेको छ र पहिले जस्तै नयाँ कन्सेप्ट भएको इमेज अनलाईमा देखा पर्न थालिसकेका छन् ।…

"के यस्तो हुनेछ सन् २०१५ को आइफोन ? (फोटोफिचर)"

चन्द्रमाले पृथ्वीलाई घुम्दै गरेको अभूतपुर्व तस्विर र भिडियो

क्लाइमेट अवजर्भेटोरी डिस्कोभरबाट नाशाले पृथ्वीको उपग्रह चन्द्रमाको निकै अध्याँरो तस्बिर खिचेको छ । जहाँ पृथ्वी भने निलो अनि उज्यालो देखिन्छ ।अर्थ पोलिक्रोम्याटिक इमेजिङ क्यामेरा’ ईपिकले पृथ्वी र चन्द्रमामा सुर्यको प्रकाश पर्दाका बखत करिब १५ लाख किलोमिटर टाढाबाट यो तस्बिर लिइएको थियो । डिस्कोभर स्याटेलाइटले पृथ्वी र सुर्यको बिचमा आइपुग्दा यस्तो दृश्य खिच्न सफल भएको हो। डिस्कोभर प्रोजेक्टका एक वैज्ञानिक अडम सज्बो भन्छन्, ‘यो निकै आश्चर्यजनक कुरा हो कि पृथ्वी चन्द्रमा भन्दा यति चहकिलो छ ।’…

"चन्द्रमाले पृथ्वीलाई घुम्दै गरेको अभूतपुर्व तस्विर र भिडियो"