August 2, 2016 शिक्षा प्रविधिको आयोजनामा जर्ब फाउन्डेसन वर्कसप सम्पन्न Reporter Chiranjibi Adhikari Share It On:शिक्षा प्रविधि नेपालको आयोजनामा बागबजार स्थित कलेज अफ होलेस्टिक एडुकेसनमा जर्ब फाउन्डेसन (Zurb Foundation)सम्बन्धि वर्कसप सम्पन्न भएको छ। Zurb Foundation रेस्पोन्सिभ वेब साइट डिजाइनको लागी बनाइएको CSS फ्रेम वर्क हो . यसबाट छोटो समयमा स्तरीय मोबाइल फ्रेन्डली वेबसाइट डिजाइन गर्न सकिने प्रशिक्षक सुरेश खडकाले दिनु भयो। Advertisement आइसिटी अध्ययन गर्ने विद्यार्थीहरुको साझा मञ्चको रुपमा रहेको शिक्षा प्रविधि नेपालले मंगलबार उक्त वर्कसप आयोजना गरेको हो । सो वर्कसप मा स्नातक र स्नाकोत्तरका बिद्यार्थीहरुको उपस्थिति रहेको थियो । शिक्षा प्रविधि नेपालका अध्यक्ष सुरेन्द्र बटालाका अनुसार आइसिटी अध्ययनगर्ने विद्यार्थीको पाठ्यक्रमको शिक्षा बाहेक पनि वर्तमान् आइटी उद्योग तथा बजारको मागअनुसारको वेब डिजाइनर तयार पार्न यो वर्कसप गरिएको र यस्ता विभिन्न व्यवहारिक वर्कशपले बर्तमान आइटी उधोगको माग अनुसारको जनशक्ति तयार गर्न केहिहद सम्म सहयोग गर्ने जानकारी दिनु भयो। बटालाले आगामि दिनमा पनि डेभलपर्सहरुसँगको सहकार्यमा आइसिटी पठनपाठन हुने विभिन्न कलेज तथा क्याम्पसहरुमा यस्ता कार्यक्रम गर्ने योजना रहेको जानकारीदिनु भयो। Share It On:
इभेन्ट, विशेष(Front-Center), समाचार क्यान महासंघद्वारा इजरायलका लागि नवनियुक्त नेपाली राजदूत सुरेश कुमार कर्णलाई सम्मान
Top News, टेलिकम, विशेष(Front-Center), समाचार एनसेल फाउन्डेसनद्वारा भोटेकोशी बाढी प्रभावित क्याम्पसलाई शैक्षिक पूर्वाधार सहयोग
Top News, Trending News, विशेष(Front-Center), समाचार ३५ सदस्यीय प्रतिनिधिमण्डलसहित प्रधानमन्त्री शाह भारत प्रस्थान