फेसबुकको आम्दानी १८६ प्रतिशतले बृद्धि

Share It On:

काठमाडौं । धेरै विश्लेषकहरुको अनुमान विपरित फेसबुकले आफ्नो नाफामा सत प्रतिशतभन्दा बढी वृद्धि गरेको छ। फेसबुकले यस बर्षको दोस्रो त्रैमासिकको आय ब्ययको विवरण सार्वजनिक गरेको छ । कम्पनीको पछिल्लो बर्ष यही समयको तुलनामा मुनाफा १८६ प्रतिशतले बढेको देखिएको छ ।सन् २०१५ को दोस्रो त्रैमासिकमा फेसबुकले ७१.९ करोड अमेरिकी डलर आम्दानी गरेको थियो। बिश्लेषकहरुले अनुमान लगाएका छन् कि कम्पनीले यस त्रैमासिकमा ५८० करोड डलरको कारोबार गर्नेछ तर कम्पनीले यस अनुमानभन्दा पनि धेरै ६४० करोड डलरको कारोबार गरेको छ ।

कम्पनीका मुख्य कार्यकारी अधिकृत मार्क जुकरवर्गले भनेका छन् कि उनी कम्पनीको यस्तो प्रगतिबाट खुसी छन् ।उनले भने, ‘एउटा अर्को त्रैमासिकमा हाम्रा मानिस र हाम्रो व्यवसायको प्रदर्शन उत्कृष्ट रहृयो । भिडियोका क्षेत्रमा हामीले जुन सफलता हासिल गरेका छौं यसबाट हामी निक्कै खुसी छौं । खास गरी यस्तो अहिले हाम्रो सबै सेवाहरुमा भिडियो केन्द्रमा रहेको छ र सांसार यस्तै दिशामा अघि बढिरहेको छ ।’

फेसबुकले भिडियोको साथै नयाँ नयाँ प्रयोग गर्दे मोवाइल विज्ञापनलाई केन्द्रित गरिरहेको छ। अघिल्लो वर्षको तुलनामा फेसबुकले मोबाइल विज्ञापनबाट हुने आम्दानीमा अधिक वृद्धि गरेको छ। अघिल्लो वर्ष कूल नाफामा ७६ प्रतिशत मोवाईल हिस्सा रहेकोमा यो वर्ष बढेर ८४ प्रतिशत पुगेको छ। फेसबुकको विज्ञापनबाट हुने आम्दानीमा ८४ प्रतिशत मोबाइलबाट प्राप्त हुन्छ। त्यस्तै पेसबुकले एसियामा आफ्नो बजार विस्तार गर्दै लगेको छ। अघिल्लो वर्षको तुलनामा एसियामा १९ प्रतिशतले बजार वृद्धि भएको र युरोपमा २४ प्रतिशत बढेको फेसबुकले जनाएको छ।

जुन ३० को आँकडा अनुसार फेसबुका प्रतिमहिना औसत सक्रिय प्रयोगकर्ता १ अर्ब ७१ करोड पुगेका छन्। जुन अन्य सामाजिक सञ्जालको तुलनामा धेरै हो। तर प्राविधिक विश्लेषकहरुले ‘स्न्यापच्याट’प्रति बढिरहेको प्रयोगककर्ताहरुको रुची फेसबुकको लागि हानिकारक हुनसक्ने बताएका छन्। बिश्लेषकहरुले यो पनि भनिरहेका छन् कि फेसबुकले आफ्नो प्रगतिमा खुसी हुनु त स्वभाविक नै हो तर उसले आफ्नो चीर प्रतिद्धन्दी स्न्यापच्याटमा पनि ध्यान दिनु जरुरी छ किनभने स्न्यापच्याट प्रयोगकर्ताको सङ्ख्या पनि उत्तिकै बढिरहेको छ ।


Share It On: