घट्यो नयाँ आइफोनको बिक्री

Share It On:

२० वैशाख काठमाडौं । आइफोनका ग्राहकहरु नयाँ आइफोनको पर्खाइमा बसेपछि यो वर्षको तीन महिनामा यसको विक्री घटेको देखिएको छ ।सन् २०१६ को तीन महिनाको तुलनामा यो वर्षको सोही अवधिमा आइफोनको विक्री घटेको आइफोनले जनाएको छ । एप्पलले सार्वजनिक गरेको पछिल्लो नतिजा अनुसार गत वर्षको तुलनामा यस वर्ष आइफोनको बिक्री १ प्रतिशतले घटेको छ । एप्पलले जनाएअनुसार यो वर्षको तीन महिनामा ५०.८ मिलियन आइफोनको विक्री गरेको छ ।

 

एप्पलका मालिक टि कुकले भने ग्राहकले नयाँ आइफोनको पर्खाइ गरिरहेको हुँदा यस वर्ष आइफोनको बिक्रि बढ्न नसकेको जनाएका छन् । अन्तर्राष्ट्रिय सेयबजारमा बजारमा बुधबार आइफोनको २ प्रतिशतले गिरावट आएको छ । मंगलबार भने यसको सेयर यो वर्षकै उच्च अंकमा पुगेको थियो ।

एप्पलका अनुसार यो वर्ष आम्दानी भने ४.६ प्रसिशतले बृद्धि भएको छ । यो वर्षको तीन महिनामा एप्पलले ५२.९ बिलियन अमेरकी डलर बराबरको रकम आम्दानी गरेको छ । तर यो बिश्लेषकहरुले यसअघि आँकलन गरेको भन्दा भने कम हो ।

आइफोनको विक्रीमा कम आएपनि यसबाट प्राप्त हुने आम्दानीमा भने १ प्रतिशतले बृद्धि भएको छ । महंगो सेटका रुपमा चिनिने आइफोन ७ प्लस को उच्च विक्री भएका कारण आइफोन बापतको आम्दानीमा भने १ प्रतिशतले बृद्धि भएको हो ।
एप्पलले आइफोन बाहेक एप्पल वाच , एयरपड्स र एयरफोनको समेत बिक्री गर्दछ ।


Share It On:

Leave a Reply

Your email address will not be published. Required fields are marked *