जेडटिइको नेपाली बजारमा पुनरागमन, ब्लेड ए र नुबिया सिरिजका ५ वटा मोडल सार्वजनिक आधिकारीक वितरकको रुपमा शंकर ग्रुप

ZTE Smartphone Nubia Series
Share It On:

१२ चैत, काठमाडौं ।

एकीकृत सूचना तथा सञ्चार प्रविधि समाधानको ग्लोबल लिडर जेडटिई कर्पोरेशनले आफ्नो ब्लेड ए र नुबिया सिरिजका ५ फिचर–प्याक्ड स्मार्टफोन मोडलहरू सार्वजनिक गर्दै नेपालमा पुनः प्रवेश गरेको छ । आकर्षक डिजाइनमा उपलब्ध यी मोडलहरुको पर्फर्मेन्स पनि उत्कृष्ट हुनुको साथै नवीन प्रविधियुक्त पनि छन् ।

जेडटिईको नेपालको लागि आधिकारीक वितरकको रुपमा शंकर ग्रुप रहेको छ । शंकर ग्रुपसँगको सहकार्यमा जेडटीईले ब्लेड ए र नुबिया सिरिज मार्फत नेपाली ग्राहकहरूको आवश्यकताहरू पूरा गर्ने लक्ष्य राखेको छ ।

ब्लेड सिरिजको सबैभन्दा उत्कृष्ट फोनको रुपमा जेडटीई ब्लेड ए७५ रहेको छ । यसमा ६.६ इन्चको ९० हर्ज डिस्प्ले, शक्तिशाली अक्टा–कोर प्रोसेसर, ५० एमपीको एआइ क्यामरा, २२.५ वाटको फास्ट चार्जिङ र ५,००० एमएएचको शक्तिशाली ब्याट्री रहेको छ ।

स्लिक डिजाइन, २५६ जिबिको स्टोरेज र १४ जिबिको र्‍याम भएको हुँदा यो फोन चलाउन एकदम स्मुथ छ । यसमा लाइभ आइल्याण्ड पनि छ जसले नोटिफिकेसन र सर्टकटहरूमा सहज र तत्काल पहुँच प्रदान गर्दछ ।

त्यस्तै सामान्य प्रयोगको लागि जेडटीई ब्लेड ए३५ कम्प्याक्ट डिजाइन र ६.५२ इन्चको एचडि प्लस डिस्प्लेमा आएको छ । यसमा ८एमपीको एआइ क्यामरा र ५,००० एमएएचको शक्तिशाली ब्याट्री रहेको छ । अक्टाकोर प्रोसेसर र ६ जिबिको र्‍याम भएकोले यो दैनिक प्रयोजनको लागि अत्यन्तै उपयुक्त छ ।

अर्को मोडल जेडटीई ब्लेड ए५५ मा ६.७५ इन्चको एचडि प्लस डिस्प्ले र १२८ जिबिको स्टोरेज र १३ एमपीको एआइ डुअल क्यामेरा रहेको छ । साथै फेस र फिंगर प्रिन्ट रिकग्निसनले थप सुरक्षा प्रदान गरेको छ भने लाइभ आइल्याण्ड फिचरले मल्टि टास्किंगलाई झनै सहज बनाएको छ ।

जेडटीई नुबिया भी७० म्याक्समा ६.९ इन्चको १२० हर्ज डिस्प्ले र ६,००० एमएएचको शक्तिशाली ब्याट्री रहेको छ । ५० एमपीको अल्ट्रा ट्रिपल क्यामेरा र एआइ एडिटिङ्ग टुलहरु भएको यस भी७० म्याक्स १.५ मिटर माथिबाट खस्दा पनि केहि नहुने कम्पनीले दाबी गरेको छ ।

त्यस्तै जेडटीई नुबिया भी७० डिजाइनमा १२० हर्जको ६.७इन्च एचडि प्लस डिस्प्ले, स्टाइलिश स्काई–मिरर ग्लास र लेदर–टेक्स्चर्ड डिजाइन, ५० एमपीको अल्ट्रा ट्रिपल क्यामरा रहेको छ । १६ जिीबीको र्‍याम र १२८ जीबीको स्टोरेज, डिटिएस अडियो भएको नुबिया भी७० डिजाइनले प्रिमियम स्मार्टफोन अनुभव प्रदान गर्दछ ।

जेडटीईको नेपालमा पुनः प्रवेश बारे बोल्दै सीइओ सबिन श्रेष्ठले भन्नुभयो “टेलिकम्युनिकेसन र टेक्नोलोजी सोलुसनको ग्लोबल लिडर जेडटिइले शंकर ग्रुपसँग सहकार्य गरेको छ नेपाली बजारमा आफ्नो पहिचान बनाउन बृहत सर्‍जाल, बलियो बजार व्यवस्थापन र विभिन्न उद्योगहरुमा आफ्नो विशेषज्ञता प्रदर्शन गरिसकेको शंकर ग्रुपसँगको सहकार्यले जेडटिएको नेपाली बजारमा राम्रो उपस्थिति रहने हामीलाई विश्वास छ ।”

त्यस्तै शंकर ग्रुपका एक्जिक्युटिभ डाइरेक्टर सक्षम जाटियाले भन्नुभयो, “जेडटिइका स्मार्टफोनहरुलाई नेपालमा पुनः ल्याउन पाउँदा हामी अत्यन्तै उत्साहित छौँ । यी स्मार्टफोनहरु नवीन प्रविधियुक्त त छन् नै साथै उत्कृष्ट गुणस्तरका पनि छन् र पर्फर्मेन्स पनि उस्तै अब्बल रहेको छ ।

त्यसैले आकर्षक डिजाइन नयाँ प्रविधि र उच्च गुणस्तरको स्मार्टफोन लिन चाहने नेपाली प्रयोगकर्ताहरुको मन फेरी जित्ने छ भन्ने हामीले आशा लिएका छौँ । नेपालको मोबाइल उद्योगमा शंकर ग्रुप र जेटिइको सहकार्य एक नयाँ अध्याय हो र हामी नेपाली हाम्रा प्रयोगकर्ताहरुलाईको डिजिटल अनुभवलाई अझै निखार्न कटिंग एज टेक्नोलोजी प्रदान गर्न प्रतिवद्ध छौँ ।

प्रतिस्पर्धी मूल्यमा आकर्षक स्मार्टफोनहरु प्रदान गर्दै ब्लेड ए र नुबिया सिरिज मार्फत हामी आधुनिक प्रविधिलाई अझ पहुँचयोग्य बनाउँदै नवीन प्रविधि र गुणस्तरमा नयाँ मापदण्ड कायम गर्ने लक्ष्य राखेका छौँ ।”

टेलिकम्युनिकेसनमा विश्वव्यापी विरासत बनाएको ब्राण्ड जेडटिइ अब यी स्मार्टफोनहरुसंगै फेरी नेपाली बजारमा आफ्नो छाप छोड्न तयार रहेको जनाएको छ ।

For more: ZTE Smartphones Nubia Series Launched in Nepal


Share It On:

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Recent Posts