जेडटीईको नुबिया ए५६ र ए३६ नेपाली बजारमा : दुवै मोडलहरु शुन्य प्रतिशत किस्ताबन्दीमा उपलब्ध
५ असोज, काठमाडौं।
ग्लोबल टेक जायन्ट जेडटीई कर्पोरेसनले नेपाली बजारमा दुई नयाँ स्मार्टफोन मोडल नुबिया ए५६ र नुबिया ए३६ औपचारिक रुपमा सार्वजनिक गरेको छ। ठूलो स्क्रिन र शक्तिशाली ब्याट्री सहित आएका यी दुवै स्मार्टफोनहरु अत्यन्तै प्रतिस्पर्धी मूल्यमा उपलब्ध छन्।
शक्तिशाली स्मार्टफोन चाहने तर आफ्नो बजेट भन्दा बाहिर जान नचाहने प्रयोगकर्ताहरूको लागि जेडटीई नुबिया ए५६ उपयुक्त छनोट हो ।
यसमा ६.७५ इन्चको एचडी+ स्क्रिन छ, जसले दश्य अनुभवलाई पूर्ण बनाउँछ, साथै ५००० मिलि अम्पियर प्रति घण्टा क्षमताको ब्याट्री भएकोले ढुक्क भएर लामो समयसम्म निरन्तर प्रयोग गर्न सकिन्छ।
यसमा भएको अक्टा-कोर टी७२०० चिपसेटले मल्टिटास्किङ गर्न अत्यन्त सहज हुन्छ। १२ जीबीको र्यामलाई ८ जीबी सम्म भर्चुअल एक्सपाण्ड गर्न सकिन्छ भने १२८जीबीको स्टोरेज भएकोले नुबिया ए५६मा दैनिक आवश्यकताका कामहरू उच्च कार्यसम्पादनको साथ गर्न सकिन्छ।
यस स्मार्टफोनको मूल्य मात्र रु. ११,९९९ रहेको छ, र यसमा १८ महिनाको वारेन्टी उपलब्ध छ। जेडटीई नुबिया ए५६ शुन्य प्रतिशत ब्याजमा किस्ताबन्दी योजनाबाट पनि खरिद गर्न सकिन्छ।
साथै जेडटीई नुबिया ए३६ ले शक्ति र शैलीको सन्तुलन प्रस्तुत गर्दछ। यसमा १२ जीबीको र्याम (८ जीबी भर्चुअल एक्सपाण्ड सहित), ६४ जीबीको स्टोरेज , ६.७५ इन्चको ठूलो एचडी+ स्क्रिन र अक्टा-कोर टी७२०० चिपसेट रहेको छ, जसले सहज कार्यसम्पादन सुनिश्चित गर्छ।
५००० मिलिअम्पियर प्रति घण्टा क्षमताको शक्तिशाली ब्याट्रीले अविरल शक्ति प्रदान गर्दछ । यो फोन ५० महिनासम्म ढुक्क भएर चलाउन सकिने कम्पनि ले जानकारी दिएको छ ।
जेडटीई नुबिया ए३६ को मूल्य रु. १०,९९९ राखिएको छ, र यसमा पनि १८ महिने वारेन्टी उपलब्ध छ तथा शुन्य प्रतिशत ब्याजमा किस्ताबन्दी योजनाबाट पनि खरिद गर्न सकिन्छ।
जेडटीई नुबिया ए५६ र जेडटीई ए३६ को आगमनसँगै ब्रान्डले नेपाली बजारमा आफ्ना प्रस्तावहरू विस्तार गरेको छ, जसले प्रयोगकर्ताहरूलाई प्रमुख सुविधासहित, भरपर्दो कार्यसम्पादन र लामो समयसम्म टिक्ने शक्ति भएका स्मार्टफोनहरू अत्यन्तै प्रतिस्पर्धी मूल्यमा उपलब्ध गराएको छ ।
For more: ZTE Launches Nubia A56