नेपालमा जिकर गाडी वितरणका लागि जिकर र पायोनियर मोटो कर्पबीच सम्झौता

Zeekr Partnership Pioneer Moto Corp
Share It On:

१२ भदौ, काठमाडौं ।

चीनको अग्रणी अटोमोबाइल निर्माता गिली ग्रुप अन्तर्गतको प्रिमियम लक्जरी इभि ब्रान्ड जिकरले नेपालमा जिकरका गाडीहरू वितरणका लागि नेपालको अग्रणी अटोमोबाइल वितरक पायोनियर मोटोकर्प प्रालिसँग औपचारिक सम्झौता हस्ताक्षर गरेको छ ।

Zeekr Signs Distribution Partnership

यो हस्ताक्षर समारोह चीनको हाङजोउमा ५ भदौ मा सम्पन्न भएको हो । हस्ताक्षर समारोहमा निर्माता पक्षबाट जिकर युरोएसिया का महाप्रबन्धक जेफ काओ, जिकर साउथका क्षेत्रीय निर्देशक फेलिक्स हु र जिकर युरो एसियाका क्षेत्रीय मार्केटिङ निर्देशक रान्डोल लेङ उपस्थित थिए ।

नेपालबाट पायोनियर मोटोकर्प प्रालिको प्रतिनिधित्व गर्दै प्रबन्ध निर्देशक सन्दीप कुमार शारडा र निर्देशक गौरव शारडा उपस्थित थिए ।

सम्झौता समारोहको सुरुवातमा पायोनियर मोटोकर्प र जिकर, दुवै कम्पनीहरूको प्रतिनिधिद्वारा आपसी सम्मान र साझा दृष्टिकोणलाई उजागर गर्ने स्वागत मन्तव्य राखिएका थिए ।

साथै दुई कम्पनिबिच आपसी सहकार्यद्वारा विद्युतीय प्रविधि तथा गाडीको प्रबर्द्धन गर्ने प्रतिबद्धतासहित नेपालमा वितरणका लागि सम्झौतामा औपचारिक हस्ताक्षर गरिएको थियो । अटोमोटिभ तथा मोबिलिटि क्षेत्रमा एक नयाँ अध्याय र एक महत्वपूर्ण अलायन्स सुरुवातको उत्सवस्वरूप  ‘स्याम्पेन टोस्ट’ सहित समारोहको अन्त्य गरिएको थियो ।

यस वितरण सम्झौता नेपाली अटोमोबाइल क्षेत्रमा एक महत्वपूर्ण र उल्लेखनीय कदम रहेको छ । यस सहकार्यसँगै नेपाली इभि पारखी तथा ग्राहकहरूले नेपाल लक्षित उत्कृष्ट मूल्य र गुणस्तरीय सेवासहित अत्याधुनिक गाडी खरिद गर्न र अनुभव लिन सक्नेछन् ।

पायोनियर मोटोकर्पका प्रबन्ध निर्देशक सन्दीप कुमार शारडाका अनुसार, “चिनको प्रिमियम इभि ब्रान्ड जिकरको नेपालका लागि एकमात्र वितरक(एक्सक्लुसिभ डिस्ट्रिब्युटर)को रूपमा नियुक्त भएकोमा हामी उत्साहित छौँ ।

साथै, भदौ ९ बाट सुरू हुने नाडा अटो सोको क्रममा जिकरको पहिलो मोडल औपचारिक रूपमा नेपाली ग्राहकसामु ल्याउँदैछौँ जसका लागि हाम्रो स्टल भिसिट गर्नुहुन हाम्रा आदरणीय ग्राहक महानुभाव तथा सम्पूर्ण इभि पारखीहरूलाई हामी आमन्त्रण गर्दछौँ ।”

पायोनियर मोटोकर्पले यही नाडा अटो सो २०२४ मा प्रिमियम अर्वान लक्जरी एसयुभि – जिकर एक्स सार्वजनिक गर्नेछ । नयाँ जिकर एक्स, परिष्कृत सहरी जीवनशैलीको लागि डिजाइन गरिएको एक कम्प्याक्ट लक्जरी एसयुभि हो ।

जिकर एक्स, नयाँ ठाउँ, नयाँ भूभाग तथा नयाँ वातावरण अनुभव गर्न खोज्ने व्यक्ति तथा परिवारहरूका लागि उत्तम एसयुभि हो ।

पायोनियर मोटो कर्प प्राइभेट लिमिटेडको बारेमा

सन् २०१४ मा स्थापित पायोनियर मोटो कर्प, नेपालमा अग्रणी अटोमोबाइल वितरक हो । शारडा ग्रुपको सहायक कम्पनी रहेको पायोनियर मोटो कर्प, नेपालमा जिकर (Zeekr) को लागि आधिकारिक वितरक हो ।

For more Information: Zeekr Signs Distribution Partnership


Share It On:

Leave a Reply

Your email address will not be published. Required fields are marked *