प्रिमियम लक्जरी ईभी ब्रान्ड जिकर नेपालमा सार्वजनिक

Zeekr-premium luxury EV
Share It On:

२१ भदौ, काठमाडौं ।

नेपालको अटोमोबाइल उद्योगमा ठूलो योगदान पुर्याउँदै आएको पायोनियर मोटोकर्पले अर्को प्रिमियम लक्जरी इलेक्ट्रिक गाडी ब्रान्ड ‘जिकर’ नेपालमा सार्वजनिक गरेको छ।

Zeekr-premium luxury EV brand

जिकर, चीनको गिलि होल्डिङ ग्रुपको लक्जरी विद्युतीय गाडी ब्रान्ड हो, जुन अत्याधुनिक प्रविधि र ग्राहक केन्द्रित दृष्टिकोणका साथ भविष्यको मोबिलिटी तथा यातायात क्षेत्रको नेतृत्व गर्न प्रतिबद्ध छ।

यसै साता हायात रिजेन्सी, काठमाडौंमा आयोजित भव्य समारोहमा जिकर ब्रान्डको सार्वजनिक घोषणा गरिएको थियो। प्रमुख अतिथि, भौतिक पूर्वाधार तथा यातायात मन्त्री देवेन्द्र दाहालको उपस्थितिमा कार्यक्रम सम्पन्न भएको हो। कार्यक्रममा जिकर साउथ एसियाका रिजनल डिरेक्टर फेलिक्स हु, जिकर ग्लोबल आफ्टर सेल्स सर्भिसका डिरेक्टर एस्टोर झाओ, शारडा ग्रुपका अध्यक्ष शिव रतन शारडा, प्रबन्ध निर्देशक सन्दीप कुमार शारडा, र अन्य विशिष्ट व्यक्तित्वहरूको सहभागिता रहेको थियो।

जिकर एक्स एसयूभी अनावरण

कार्यक्रममा बहुप्रतिक्षित प्रिमियम इलेक्ट्रिक एसयूभी ‘जिकर एक्स’को पहिलोपटक नेपालमा अनावरण गरियो। नाडा अटो शो २०८१ मा यसका स्ट्यान्डर्ड र फ्ल्यागसिप भेरिएन्ट सार्वजनिक गरिएपछि, जिकर एक्स नेपाली बजारमा प्रवेश गरेको हो।

जिकर एक्स लक्जरीको खोजीमा रहेका र अत्याधुनिक प्रविधिमा रूचि राख्ने उपभोक्ताहरूलाई लक्षित गरिएको छ। यो गाडीमा ‘भल्भो इएक्स थर्टी’मा प्रयोग भएको उच्च गुणस्तरको सुरक्षित प्लेटफर्म समावेश छ, जसले सुरक्षा, परिष्कृतता, र प्रिमियम ड्राइभिङ अनुभव प्रदान गर्दछ।

उत्कृष्ट प्रविधि र प्रदर्शन

जिकर एक्स उत्कृष्ट पर्फमेन्स र सुरक्षा सुविधाहरूका साथ विद्युतीय गाडीहरूको बजारमा अग्रपंक्तिमा रहेको कम्पनीको दाबी छ। यस ब्रान्डको लक्ष्य लक्जरी गाडीको नयाँ परिभाषा स्थापित गर्नु हो, जसले नेपाली बजारमा नयाँ अनुभव प्रदान गर्छ।

पायोनियर मोटोकर्पको योगदान

सन् २०१४ मा स्थापित पायोनियर मोटोकर्प प्रालि, शारडा ग्रुपको सहायक कम्पनी हो, जसले नेपालमा विभिन्न प्रिमियम ब्रान्डका गाडीहरू बिक्री वितरण गर्दै आएको छ। जिकर एक्सको आगमनले नेपाली विद्युतीय सवारी साधन बजारमा थप प्रतिस्पर्धा सिर्जना गर्ने विश्वास गरिएको छ।

For more: Zeekr-premium luxury EV brand


Share It On:

Leave a Reply

Your email address will not be published. Required fields are marked *