नाइमा मोबिलिटी एक्सपो २०२५ मा विशेष अफरसहित प्रस्तुत हुँदै प्रिमियम इलेक्ट्रिक सवारी ‘Zeekr X’

Zeekr Deals Naima Expo 2025
Share It On:

२१ साउन, काठमाडौं।

पायोनियर मोटो कर्प प्रा. लि. ले नाइमा मोबिलिटी एक्सपो २०२५ को अवसरमा प्रिमियम इलेक्ट्रिक सवारी Zeekr X का लागि विशेष छुट योजना सार्वजनिक गर्ने तयारी गरेको छ। नेपालका लागि Zeekr ब्रान्डको आधिकारिक वितरक Pioneer Moto Corp ले यो योजनामार्फत नेपाली बजारमा Zeekr सवारीहरूको उपस्थिति अझ सशक्त बनाउने लक्ष्य राखेको छ ।

ग्राहकहरूका लागि विशेष अफरसहित, Zeekr X साउन २१ देखि २५ गतेसम्म हुने नाइमा मोबिलिटी एक्सपो २०२५ मा रु. ८४.९९ लाखको सवारी रु. ६९.९९ लाखमा उपलब्ध हुने छ। साथै, एक्सपो अवधिमा Zeekr X बुक गर्ने ग्राहकहरूले ८ वर्ष वा १,६०,००० किलोमिटरको वारेन्टी पनि प्राप्त गर्नेछन् ।

Zeekr X मा समावेश हुने प्रमुख विशेषताहरूमा २०० किलोवाटको मोटर पावर, लेभल २ एडभान्स्ड ड्राइभर असिस्टेन्स सिस्टम (ADAS), १९१ मिलिमिटर​ ग्राउन्ड क्लियरेन्स, र ७ वटा एयरब्याग रहेका छन्, जसले यसलाई सुरक्षित र शक्तिशाली विद्युतीय सवारी बनाउछ ।

यस योजनाअन्तर्गत ग्राहकहरूले Zeekr X सवारी अत्यन्तै आकर्षक मूल्यमा, सजिलो फाइनान्सिङविशेष छुटहरू सहित खरिद गर्न सक्नेछन्। यस्ता सुविधाहरूमा केहि सर्त तथा नियमहरू लागू हुनेछन्। Pioneer Moto Corp ले सम्पूर्ण ग्राहकहरूलाई नाइमा मोबिलिटी एक्सपो २०२५ मा उपस्थित भइ नजिकको Zeekr शोरूम भ्रमण गरी उक्त योजना अनुसारको फाइदा लिन अनुरोध गर्दछ​ ।

Pioneer Moto Corp Pvt. Ltd. Zeekr को बारेमा:

Pioneer Moto Corp प्रा.लि. नेपालमा Zeekr सवारीसाधनहरूको आधिकारिक वितरक हो। यस​ कम्पनीले Zeekr ब्रान्डअन्तर्गतका सवारीहरूको विक्री, सेवा तथा स्पेयर पार्ट्स सुविधा उपलब्ध गराउँदै आएको छ।

For More:- Zeekr Deals Naima Expo 2025


Share It On:

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Recent Posts