याङ्गो राइडले नेपालमा सार्वजनिक गर्यो नयाँ ‘सेफ्टी फिचर’, यात्रा अब अझ सुरक्षित
२७ मंसिर, काठमाडौं ।
- यात्रुहरूले आफ्नो यात्रा दौरान लागू गरिएका सुरक्षा उपायहरूको अवस्था हेर्न सक्ने गरी नयाँ व्यक्तिगत सुरक्षा सूची (safety checklist) तयार गरिएको छ
- प्रयोगकर्तालाई विशेष सुरक्षा सुविधाहरू—जस्तै विश्वसनीय सम्पर्कसँग मार्ग (चयगतभ) शेयर गर्ने वा प्रोफाइल जानकारी अपडेट गर्ने—सक्रिय गर्न स्वतः सम्झना गराउँछ, साथै हालको यात्राको स्थिति र सुरक्षा स्तर पनि देखाउँछ।
विश्वव्यापी टेक कम्पनी Yango Group अन्तर्गतको Yango Ride ले नेपालमा आफ्नो अनुप्रयोगमा नयाँ सुरक्षा संरचना (safety flow) सार्वजनिक गरेको छ। यस अपडेटले व्यक्तिगत सुरक्षा चेकलिस्टहरू समावेश गर्दछ, जसले यात्रुहरूलाई यात्राका बेला लागू भएका सुरक्षा उपायहरूको वर्तमान अवस्था हेर्ने सुविधा प्रदान गर्छ।
साथै, यसमा यात्रुहरूले यात्रा सुरु गर्नुअघि र यात्रा दौरान पालन गर्नसक्ने सुरक्षा सुझावहरू सहितको नयाँ ‘Safety Center ’ पनि समावेश गरिएको छ। यो अपडेट आगामी दिनहरूमा क्रमशः सबै प्रयोगकर्ताहरूका लागि उपलब्ध हुनेछ।
यात्रा–अगाडिको चेकलिस्टः यात्रा अझ सहज र सुरक्षित बनाउन आवश्यक कदमहरू
नयाँ Safety Center मा यात्रुहरूले पालन गर्नुपर्ने उपायहरूको सूची प्रदर्शित हुन्छ। यसमा अनबोर्डिङ सामग्री पढ्नु, व्यक्तिगत जानकारी भर्नु, विश्वसनीय सम्पर्क (trusted contacts)थप्नु, सेल्फी प्रमाणिकरण गर्नु, वा इमेल अद्यावधिक गर्नु जस्ता चरणहरू समावेश छन्।
यदि सूचीमा कुनै पनि कुरा अपूर्ण छ भने, एपले त्यसैलाई चिन्हित गर्छ र प्रयोगकर्तालाई आवश्यक कदम चाल्न तथा बाँकी भाग पूरा गर्न सूचित गर्छ।यात्रुहरूले पार्टनर चालकका लागि निर्धारित मापदण्डहरू, विवाद वा दुर्घटना परेको अवस्थामा सहयोग कसरी पाउने, तथा प्रत्येक सुरक्षा सुविधाबारे विस्तृत जानकारी एकै क्लिकमा जान्न सक्छन्।मुख्य स्क्रिनमा आपतकालीन अवस्थाका लागि सधैं SOS सिग्नल र सपोर्टका लागि (quick access) बटनहरू उपलब्ध हुन्छन्।
“Yango मा सुरक्षा हाम्रो सबैभन्दा ठूलो प्राथमिकता हो। हामी दृढ सुरक्षा उपायहरू र प्रविधिहरू लागू गर्नु मात्र पर्याप्त छैन, ती प्रत्येक प्रयोगकर्ताका लागि देखिने, बुझ्न सकिने र पारदर्शी हुनु पनि आवश्यक छ भन्नेमा विश्वास गर्छौं। नयाँ व्यक्तिगत सुरक्षा चेकलिस्ट र अपडेटहरूसँग, यात्रुहरूले अब आफ्नो यात्राको हरेक चरणमा — बुकिङदेखि यात्रा समाप्ति सम्म — हामीले उनीहरूको सुरक्षा सुनिश्चित गर्न के–के गरिरहेका छौँ भन्ने कुरा स्पष्ट रूपमा देख्न सक्छन्,” Yangoनेपालका प्रवक्ताले भनेका छन् ।
Safety status became more visible during the rides
- यात्रा दौरान सुरक्षा स्थिति अझ स्पष्ट र दृश्य:
नयाँ Safety Center ले यात्राको हालको स्थिति देखाउँछ र कुन–कुन सुरक्षा जाँचहरू तथा सुविधाहरू सक्रिय छन् भन्ने संकेत गर्दछ। सुरक्षा स्तरको गणनामा निम्न कारकहरू समावेश हुन्छन्ः
● चालक पहिचानको नवीनतम प्रमाणीकरणः
पार्टनर चालकहरूले आफ्नो चालक अनुमति पत्र (दुवै तर्फ) का फोटो र अनुमति पत्र समातेको सेल्फी अनिवार्य रूपमा अपलोड गर्नुपर्छ। सिस्टमले यी जानकारीलाई चालकको प्रोफाइलसँग मिलान गर्छ। यो प्रक्रिया पूरा नभएसम्म चालकले अर्डर लिन पाउँदैनन्।
● गतिमा नियन्त्रणः
Yango Ride एपले GPS प्रयोग गरी चालकको मार्ग र गति ट्रयाक गर्छ। उक्त गति मार्ग निर्माणका लागि प्रयोग गरिएको नेभिगेटरका आधारमा सो सडकमा अनुमति दिइएको अधिकतम गतिसँग तुलना गरिन्छ।
● ड्राइभिङ शैली नियन्त्रणः
ड्राइभिङ व्यवहार निगरानी प्रणालीले चालकलाई सुरक्षित रूपमा ड्राइभ गर्न सहयोग गर्छ। यसले चालकको स्मार्टफोनमा रहेको एक्सेलेरोमिटर र जाइरोस्कोपका डेटा विश्लेषण गरी अचानक तीव्र acceleration, deceleration, वा अनियन्त्रित मोडजस्ता जोखिमपूर्ण गतिविधि पत्ता लगाउँछ। प्रत्येक असुरक्षित ड्राइभिङका घटना पछि चालकलाई सावधानीपूर्वक चलाउन चेतावनी पठाइन्छ। चेतावनीहरू बेवास्ता गरेमा सेवामा पहुँच सीमित गर्न सकिन्छ।
Yango Ride को मुख्य प्राथमिकताः सुरक्षा
Yango Ride सेवामा यात्रु र पार्टनर चालक दुवैका लागि यात्राअघि, यात्रा दौरान र यात्रा पछि प्रयोग गर्न मिल्ने ३० भन्दा बढी सुरक्षा सुविधाहरू उपलब्ध छन्।
यी सुविधाहरूमा गति र ड्राइभिङ शैली निगरानी, विश्वसनीय सम्पर्कसँग मार्ग र विवरण शेयर गर्ने सुविधा, आपतकालीन अवस्थामा SOS नम्बरमा द्रुत पहुँच, तथा अन्य धेरै विकल्पहरू समावेश छन्।
Yango Group बारेमा
Yango Group एक अन्तर्राष्ट्रिय प्रविधि कम्पनी हो, जसले विश्वभरिका अत्याधुनिक प्रविधिहरूलाई स्थानीय समुदायको आवश्यकताअनुसार दैनिक सेवामा रूपान्तरण गर्छ। नवप्रवर्तनप्रतिको निरन्तर समर्पणसहित, Yango ले विश्वका अग्रणी प्रविधिहरूलाई विभिन्न क्षेत्रहरूका लागि सहज रूपमा एकीकृत सेवामा बदल्छ।
Yango Group हाल ३० भन्दा बढी देशहरू—अफ्रिका, ल्याटिन अमेरिका, युरोप, मध्यपूर्व, दक्षिण एसिया लगायतका क्षेत्रमा—मोबिलिटी, डेलिभरी, फुडटेक, मनोरञ्जन तथा अन्य डिजिटल सेवाहरू प्रदान गर्दै आएको छ।
For More:-Yango Ride Safety Feature



