१६ भदौ, गोरखा। यामाहा नेपालले गोरखामा आफ्नो नयाँ ३एस (सेल्स, सर्भिस, स्पेयर्स) सुविधासहितको शोरुम ‘चन्दा सप्लायर्स’ सञ्चालनमा ल्याएको छ ।
यस नयाँ शोरुमको उद्घाटन गोरखा नगरपालिकाका प्रमुख कृष्णबहादुर रानामगर, उपप्रमुख मसलीमाया थोकर र प्रमुख जिल्ला अधिकारी रामु राज कडरियाले गरे ।
उद्घाटन समारोहमा एमएडब्लु राइड्स प्रा. लि. का कार्यकारी निर्देशक तथा प्रमुख कार्यकारी अधिकृत दीपक कुमार अग्रवालको पनि उपस्थिति रहेको थियो ।
अत्याधुनिक पूर्वाधार र दक्ष कर्मचारी सहितको चन्दा सप्लायर्सले अब गोरखाका ग्राहकलाई एकै स्थानमा बिक्री, बिक्रीपछिको सेवा र जेनुइन स्पेयर पार्टसको सुविधा प्रदान गर्नेछ ।
नयाँ FZ र MT भेरियन्ट सार्वजनिक
नयाँ शोरुमको उद्घाटनसँगै यामाहा नेपालले आफ्ना लोकप्रिय FZ र MT सिरिजका नयाँ भेरियन्टहरू पनि सार्वजनिक गरेको छ । यी नयाँ मोडलहरूमा आधुनिक स्टाइल र नेपाली राइडरहरूलाई लक्षित विशेष फिचरहरू समावेश गरिएको कम्पनीले जनाएको छ ।
कार्यक्रममा बोल्दै एमएडब्लु राइड्सका कार्यकारी निर्देशक अग्रवालले गोरखामा नयाँ शोरुम खोल्नु ग्राहकलाई थप नजिक ल्याउने एक महत्वपूर्ण कदम भएको बताए । उनले नयाँ FZ र MT भेरियन्टहरूले गोरखा र आसपासका क्षेत्रका राइडरलाई उत्कृष्ट स्टाइल, पर्फमेन्स र विश्वसनीयता प्रदान गर्ने विश्वास व्यक्त गरे । उनले ग्राहक सेवा, पूर्वाधार र प्राविधिक दक्षतामा उच्च मापदण्ड कायम राख्दै आफ्नो सञ्जाल विस्तार गर्ने प्रतिबद्धता व्यक्त गरे ।
चन्दा सप्लायर्सका कार्यकारी निर्देशक चन्दन बाबु खत्रीले आफ्ना ग्राहकलाई उच्च गुणस्तरीय यामाहाका उत्पादनसँगै उत्कृष्ट बिक्रीपछिको सेवा पनि उपलब्ध गराउने लक्ष्य रहेको बताए ।
यस नयाँ शोरुमको सुरुवातसँगै यामाहाले गोरखा र आसपासका क्षेत्रका ग्राहकहरूले सबै प्रकारका मोटरसाइकल, स्कुटर, विशेषज्ञ सर्भिस र स्पेयर पार्टस सहजै प्राप्त गर्न सक्ने जनाएको छ ।
यामाहा नेपालले आफ्नो उत्कृष्ट इन्जिनियरिङ र ग्राहक सन्तुष्टिप्रतिको प्रतिबद्धताका कारण नेपालको सबैभन्दा भरपर्दो दुईपाङ्ग्रे सवारी साधन ब्रान्डमध्ये एकको रूपमा आफ्नो स्थान कायम राख्दै आएको छ ।
For More:-Yamaha Nepal new bike launch Gorkha