१५ साउन, काठमाडौं।
यामाहा नेपालले आफ्नो वार्षिक डिलर मिट २०२५ भव्य रूपमा सम्पन्न गरेको छ। “ब्लू राइज: वी राइज एज वान” भन्ने नारासहित साउन ८ र ९ गते आयोजना गरिएको दुईदिने कार्यक्रममा नेपालभरिबाट ९० भन्दा बढी डिलर, यामाहा टिमका सदस्य र विशिष्ट अतिथिहरूको सहभागिता रहेको थियो।
कार्यक्रमको पहिलो दिन सेल्स र मोटिभेसन सेसन संचालन गरिएको थियो, जसमा सौरभ लोहनीले डिलरशिप व्यवस्थापन र बजार रणनीतिका विषयमा तालिम दिएका थिए।
दोस्रो दिनको मुख्य आकर्षणमा एमएडब्लू राइड्सका सीईओ दीपक कुमार अग्रवालको सम्बोधन, आर्थिक वर्ष ०८१/८२ को समीक्षा, र आगामी वर्षको योजनापत्र प्रस्तुति समावेश थियो। सोही अवसरमा MT-15 V2 को ‘आइस स्टोर्म’ र FZ-S V3 को ‘आइस फ्लुओ भर्मीलिओन’ नामक दुई नयाँ र आकर्षक कलर भेरियन्टको अनावरण गरियो।
कार्यक्रममा एमएडब्लू सोलिडारिटी फन्ड अन्तर्गत केजीएस ट्रेडिंग कन्सर्न, महेन्द्रनगरलाई सोलिडारिटी चेक प्रदान गरियो। गत वर्षको बाढीबाट प्रभावित वर्कशप पुनर्निर्माणका लागि गरिएको सहयोगले संकटमा यामाहाको साथ प्रमाणित गरेको कम्पनीले जनाएको छ।
विशेष अतिथि पारस खड्काले आफ्नो अनुभव र प्रेरणादायी सन्देशमार्फत सहभागीलाइ थप उत्साहित बनाए। कार्यक्रमको अन्त्यमा अध्यक्ष विष्णु कुमार अग्रवालले एकताको भावना र आगामी वर्षको सहकार्य प्रतिबद्धता दोहोर्याए।
डिलर अवार्ड सेसनमा A0, A1, A2 र A3 श्रेणीका उत्कृष्ट डिलरहरू, “ड्रिम टार्गेट” प्राप्तकर्ता र विशिष्ट प्रदर्शनकर्ताहरूलाई पुरस्कृत गरियो।
कार्यक्रम भव्य गाला डिनरसँगै सम्पन्न भयो। विशेष अतिथिका रूपमा Yamaha Motor India Group का चेयरम्यान इतारु ओटानी, वाईएमआईएसका उपाध्यक्ष महेन्द्र प्रताप र डीजीएम विपिन सिंहको उपस्थिति रहेको थियो। उनीहरूको सहभागिताले यामाहाको अन्तर्राष्ट्रिय समर्थन र प्रतिबद्धतालाई झल्काएको थियो।
नयाँ वर्षमा प्रवेशसँगै, यामाहा नेपालले “ब्लू राइज” नारासँग थप उत्साहपूर्वक यात्रा अगाडि बढाउने प्रतिबद्धता जनाएको छ।
For more: Yamaha Nepal Dealers Meet 2025