भरतपुर र धरानमा खुल्यो अत्याधुनिक र सर्वाधिक सुविधा सम्पन्न यामाहाको ब्लु स्क्वायर शोरुम

Yamaha Blue Square Showroom
Share It On:

२ साउन काठमाडौं ।

नेपालको लागि यामाहा मोटरसाईकल तथा स्कुटरको आधिकारीक विक्रेता एम ए डब्लू इन्टरप्राइजेज नेपालले नक्साल, काठमाडौं र कौसलटार, भक्तपुरमा ब्लु स्क्वायर शोरुमको सफलतापछि भरतपुर र धरानमा अत्याधुनिक र सर्वाधिक सुविधा सम्पन्न भएको शोरुम सञ्चालनमा ल्याएको छ ।

Yamaha Blue Square Showroom Opens in Bharatpur

धरान ब्लु स्क्वायर शोरुम र भरतपुर ब्लु स्क्वायर शोरुम क्रमशः २७ र ३० आषाढमा उद्घाटन गरिएको थियो । उक्त शोरुमहरु दुई पाङ्ग्रे सवारी उद्योगकै सबैभन्दा अत्याधुनिक भएको दावी गरिएको छ ।

भरतपुर र धरानमा रहेको शोरुमले यामाहाको विश्व व्यापी नयाँ अवधारणा ब्लु स्क्वायर लाई अबलम्बन गरिएको छ, जहाँ ग्राहकहरूले यामाहाको ग्लोबल मोटर स्पोर्ट लिगेसीलाई आत्मसाथ गर्दै सम्पूर्ण राईडर्सले आफ्नो राईडिङ प्रतिको चाहना र उत्साहलाई हरेक कुनाबाट अनुभव गर्न सक्ने स्थानको रुपमा ब्लु स्क्वायर शोरुमलाई लिईएको कम्पनीले बताएको छ।

कम्पनीका अनुसार ब्लु कलरले यामाहा ब्राण्डको रंगलाई जनाउँछ भने स्क्वायर ले वान स्टप बायिंग जंक्शनलाई जनाउँछ, जहाँ ग्राहकले एकै ठाउँबाट मोटरसाइकल र स्कुटरका सरसामान र कपडा खरिद गर्ने पाउने सुविधाको अनुभव लिन सक्नेछन्।

यस शोरुममा ग्राहकले परिष्कृत सेवा अनुभव गर्नुको साथै छिटो र निजीकृत सेवा प्रदान गरिने जानकारी गराईएको छ ।

यामाहाको ग्राहकले अझ नजिकबाट यामाहा ब्राण्ड र उपलव्धतालाई महसुस गर्न पाउनुको साथै डिजिटल प्रविधि मार्फत क्यूआर कोड स्क्यान गरेर ब्रोशर हरु प्राप्त गर्न सक्नेछन् ।

स्थापनाकाल देखिनै ग्राहकहरुको सुविधालाई उच्च प्राथमिकतामा राख्दै आएकोमा ब्लु स्क्वायरको उत्कृष्ट प्रविधि र पूर्वाधारहरुले यामाहा ब्राण्ड प्रतिको ग्राहकको भरोसा बढ्ने र ग्राहकको सन्तुष्टिमा वृद्धि गर्ने कम्पनिको ठहर छ ।

साथै भविष्यमा यामाहाले यस प्रकारका शोरुमहरू नेपालभर सञ्चालनमा लेराउने योजना बनाएको छ ।

“हामी नेपालमा हाम्रा यामाहा ब्लु स्क्वायर शोरुमहरू खोल्न पाउँदा अत्यन्तै हर्षित छौं। यी शोरुमहरू पहिलेको तुलनामा ठूला र अत्याधुनिक छन् ।

यस शोरुमले बाइक प्रेमीहरूलाई यामाहाको उत्कृष्ट प्रविधि युक्त विभिन्न मोटरसाईकल स्कुटर, सहायक उपकरण र पोशाक उपलब्ध गराउने कुरामा हामी विश्वस्त छौँ ।

यामाहा नेपालका लागि सी. ई. ओ .संजीव सुक्लाले बताउनुभएको छ ।

For more: Yamaha Blue Square Showroom Opens in Bharatpur


Share It On:

Leave a Reply

Your email address will not be published. Required fields are marked *