जय नेपालमा भव्य उद्घाटनसँगै यामाहा ब्लु फेस्ट २०२५ सुरु

Yamaha Blue Fest 2025
Share It On:

२२ भदौ, काठमाडौं।

नेपालको सबैभन्दा ठूलो दुई-पाङ्ग्रे एक्सचेन्ज महोत्सव “यामाहा ब्लु फेस्ट” आज हत्तिसारस्थित जय नेपाल सिनेमा हलमा भव्य उद्घाटनसँगै सुरु भएको छ।

उत्कृष्ट अफर, रोमाञ्चक अनुभव र यामाहाको शक्ति, शैली तथा प्रदर्शनको विशेषतासहित सुरु भएको यस महोत्सवले बाइक र स्कुटरप्रेमीहरूलाई नयाँ उत्साह जगाउने विश्वास गरिएको छ।

भदौ २२ देखि २७ सम्म चल्ने यस महोत्सवमा ग्राहकहरूले कुनै पनि ब्राण्डको बाइक वा स्कुटर सजिलै नयाँ यामाहामा एक्सचेन्ज गर्न सक्नेछन्।

कार्यक्रमअन्तर्गत, यामाहाले आफ्ना मोडेलहरूमा न्यूनतम रु. ५०,००० मूल्याङ्कन, अन्य ब्राण्डमा न्यूनतम रु. २५,००० मूल्याङ्कन (कर म्याद पूरा भएको अवस्थामा), साथै एक्सचेन्जमा अतिरिक्त रु. १०,००० बोनस दिनेछ। त्यस्तै ७.९९% ब्याजदरमा ग्यारेन्टरविनाको फाइनान्स सुविधा र रु. १०,००,००० सम्म नगद छुटसमेत उपलब्ध हुनेछ।

यसका अतिरिक्त, हरेक यामाहा खरिदमा निःशुल्क हेल्मेट प्रदान गरिनेछ भने भाग्यशाली विजेताहरूले “राइड द ब्लु विथ रोडिज” अनुभव पाउने अवसरसमेत प्राप्त गर्नेछन्।

कार्यक्रममा यामाहाको प्रिमियम लाइनअप—R15 V4, MT-15 V2, FZ V3 Deluxe, RayZR 125 FI Hybrid, Aerox 155 लगायतका मोडेलहरू प्रदर्शनमा राखिएका छन्।

यस अवसरमा बोल्दै यामाहा नेपालका ईडी तथा सिईओ दीपक अग्रवालले भने, “यामाहामा हामी केवल सवारी मात्र होइन, भावना, शैली र प्रदर्शनको अनौठो अनुभव दिने विश्वास गर्छौं। यो ब्लु फेस्ट हाम्रो मूल्यवान ग्राहकप्रतिको आभार र अझ धेरै राइडरहरूलाई यामाहा परिवारमा स्वागत गर्ने अवसर हो।”

७० वर्षको नवप्रवर्तन र उत्कृष्टताको परम्परासहित सुरु भएको जय नेपालस्थित ब्लु फेस्ट केवल एक्सचेन्ज कार्यक्रम मात्र नभई यामाहाको आत्मा र राइडिङ संस्कृतिको पर्व हो।

यामाहा नेपालले सबै दुई-पाङ्ग्रे प्रेमीहरूलाई यस रोमाञ्चक पर्वमा सहभागी हुन आमन्त्रण गरेको छ।

For More:-Yamaha Blue Fest 2025


Share It On:

Leave a Reply

Your email address will not be published. Required fields are marked *