रेड्मी प्याड प्रो ५जी र रेड्मी प्याड एसई ८.७ ४जी ट्याब्लेट सार्वजनिक

Xiaomi Tablet Portfolio Nepal
Share It On:

 ८ कात्तिक, काठमाडौं ।

ग्लोबल टेक्नोलोजी लिडर शाओमीले नेपाली बजारमा दुई नयाँ ट्याब्लेटहरू; रेड्मी प्याड प्रो ५जी र रेड्मी प्याड एसई ८.७ ४जी सार्वजनिक गरेको छ । रेड्मी प्याड प्रो ५ जी ले १२.१ इन्चको २.५के अल्ट्रा–क्लियर डिस्प्ले र स्न्यापर्ड्यागन ७ एस जेन २ प्रोसेसरको साथमा उत्कृष्ट प्रदर्शन ल्याउँछ भने रेड्मी प्याड एसई ८.७ ४जी ले कम्प्याक्ट मनोरञ्जन अनुभव प्रदान गर्दछ ।

Xiaomi Tablet Portfolio Nepal

लन्चको सन्दर्भमा शाओमी नेपालका कन्ट्री जनरल म्यानेजर मनु मनास्वीले भन्नुभयो, “शाओमीले प्रयोगकर्ताहरूको विविध आवश्यकता पूरा गर्न लगातार नयाँ उत्पादन ल्याउँदै आएको छ । रेड्मी प्याड प्रो ५जी र रेड्मी प्याड एसई ८.७ ४जीको नेपालमा लन्च गर्नुको मुख्य उद्देश्य भनेको हाम्रा प्रयोगकर्तालाई यड्भान्सड् प्रविधि उपलब्ध गराउनु हो । यदि तपाईँ उच्च प्रदर्शनको खोजीमा हुनुहुन्छ वा साधारण प्रयोगको लागि डिभाइसको खोजीमा हुनुहुन्छ भने यी ट्याब्लेटहरू हजुरको लागि उत्तम हुनसक्नेछ ।”

रेड्मी प्याड प्रो ५जीः उच्च स्तरको प्रदर्शन, बहुप्रयोगी डिजाइन

रेड्मी प्याड प्रो ५जीले उच्च गुणस्तरको प्रदर्शन र मनोरञ्जनात्मक अनुभव प्रदान गर्दछ । यसको १२.१ इन्चको अल्ट्रा–क्लियर डिस्प्ले १६ः१० एस्पेक्ट रेसियो र २४९ पिपिआईको रिजोल्युसनको साथ आउँछ जसले पढ्दा, गेम खेल्दा वा भिडियो हेर्दा स्पष्ट दृश्य प्रदान गर्छ । १२० हर्ट्जको एडाप्टिभ रिफ्रेस रेट र ६०० निट्सको याच बी यम ब्राइटनेसले हरेक कन्टेन्टलाई स्मूथ बनाउँछ ।

यस ट्याब्लेटमा स्न्यापर्ड्यागन ७एस जेन २ प्रोसेसर रहेको छ । १०,००० एमएएच क्षमताको ब्याट्री र ३३वाट फास्ट चार्जिङ सपोर्टले १४.४९ घण्टासम्म एचडी भिडियो प्लेब्याकको सुविधा पनि दिन्छ जसले न्यूनतम विद्युत खपतमा उत्कृष्ट प्रदर्शन प्रदान गर्दछ । चारवटा स्टीरियो स्पिकर र डल्बी एटमस सपोर्टले घरमै सिनेमा जस्तो अडियो अनुभव प्रदान गर्दछ ।

वाई–फाई ६ई, डुअल सिम, डुअल ५जी सपोर्ट र शाओमी हाइपरओएसको साथमा यस ट्याब्लेटले क्रस–डिभाइस मल्टिटास्किङ र कनेक्टिभिटीलाई सहज बनाउँछ । यसको मेटालिक फिनिश र कोर्निंग गोरिल्ला ग्लासले स्टाइल र टिकाउपनाको पनि प्रदान गर्दछ ।

रेड्मी स्मार्ट पेन र रेड्मी प्याड प्रो किबोर्ड जस्ता एक्सेसरीहरूले यस ट्याब्लेटलाई थप प्रोडक्टिभ बनाउन मद्दत गर्दछ ।

रेड्मी प्याड एसई ८.७ ४जीः सानो आकार, शक्तिशाली मनोरञ्जन

रेड्मी प्याड एसई ८.७ ४जी ८.७ इन्चको एलसीडी डिस्प्ले र हल्का डिजाइनका साथ आउँछ जसले गर्दा यो एक हातले नै सजिलै चलाउन मिल्छ । यसमा ८४.४१% स्क्रिन–टु–बडी रेसियो र ६०० निट्सको ब्राइटनेस रहेको छ जसले उज्यालो घाममा पनि स्पष्ट दृश्य अनुभव प्रदान गर्छ ।

मीडियाटेक हेलियो जि ८५ प्रोसेसरद्वारा सञ्चालित यस ट्याब्लेटले प्रयोगकर्ताको हरेक कार्यलाई स्मूथ बनाउँछ । यसमा ६ जीबीको र्याम र ९० हर्ट्जको रिफ्रेस रेटले वेब ब्राउजिङका साथै गेम र स्ट्रिमिङको अनुभवलाई पनि सहज बनाउँछ । ६,६५० एमएएच ब्याट्री र १८ वाट फास्ट चार्जिङ सपोर्टले यस ट्याब्लेटलाई लामो समयसम्म चलाउन सकिन्छ ।

यसको स्कृन टियुभी रेइनल्यान्ड आई कम्फर्ट सर्टिफाइड छ जसले गर्दा यो ट्याब्लेटको लामो प्रयोगमा पनि आँखा थकान कम गराउँछ । १२८जीबी आन्तरिक स्टोरेज र २टीबीको एक्सप्यान्डेबल स्टोरेज सपोर्टले फाइल र मिडियाका लागि पर्याप्त ठाउँ दिन्छ ।

बजार उपलब्धता

रेड्मी प्याड प्रो ५जी

रेड्मी प्याड प्रो ५जी ग्रेफाइट ग्रे र मिन्ट ग्रीन रंगमा तथा उपलब्ध रहेको छ भने ६जीबी + १२८जीबीको मूल्य रु. ३९,९९९ र ८जीबी + २५६जीबीको मूल्य रु ४४,९९९ हो ।

रेड्मी स्मार्ट पेन र रेड्मी प्याड प्रो किबोर्ड

रेड्मी स्मार्ट पेनको मूल्य रु. ६,४९९ रहेको छ भने रेड्मी प्याड प्रो किबोर्ड पनि रु. ६,४९९ मूल्यमा उपलब्ध रहेको छ ।

रेड्मी प्याड एसई ८.७ ४जी

रेड्मी प्याड एसई ८.७ ४जी ग्रेफाइट ग्रे, स्काई ब्लू र अरोरा ग्रीनमा उपलब्ध छ भने यसको मूल्य रु. १९,९९९ रहेको छ ।

यी सबै ट्याब्लेटहरू नेपालभरिका सबै एमआई स्टोर तथा शाओमीका आधिकारिक खुद्रा बिक्रेता पसलहरूमा उपलब्ध छन् ।

Specifications of Redmi Pad Pro 5G and Redmi Pad SE 8.7 4G: 

  Redmi Pad Pro 5G Redmi Pad SE 8.7 4G
Dimensions Height: 280.0mm

Width: 181.85mm

Thickness: 7.52mm

Weight: 566g

Height 211.58mm

Width 125.48mm

Thickness 8.8 mm*

Weight ≤375g

Processor Snapdragon® 7s Gen 2 Processor

Up to 2.4GHz

4nm process

MediaTek Helio G85

12nm process, octa-core

CPU:

Arm Cortex-A75 @ 2.0GHz

Arm Cortex-A55 @ 1.8GHz

GPU: Mali-G52 MC2

Storage & RAM 6GB+128GB / 8GB+256GB

LPDDR4X RAM + UFS 2.2 storage

Supports expandable storage: Up to 1.5TB

6GB+128GB

LPDDR4X + EMMC 5.1

Supports expandable storage: Up to 2TB

Display Size: 12.1″, 16:10 aspect ratio

Resolution: 2560 x 1600 249 ppi

Material: LCD

Refresh rate: 120Hz AdaptiveSync (30/48/50/60/90/120Hz)

Brightness: 500 nits (typ);600 nits (HBM)

Touch sampling rate: up to 240Hz

*240Hz is based on using Redmi Smart Pen

Screen-to-body ratio:83.6%

Contrast ratio: 1500:1

Color depth: 12-bit, 68.7 billion colors

Dimming: 4096 levels brightness adjustment, DC dimming

Dolby Vision®

Adaptive colors

Adaptive reading mode

TÜV Rheinland Low Blue Light (Hardware Solution) Certified

TÜV Rheinland Flicker Free Certified

TÜV Rheinland Circadian Friendly Certified

Corning® Gorilla® Glass 3

Size: 8.7″, 5:3 aspect ratio

Resolution: 1340*800

Refresh rate: Up to 90Hz

Brightness: 500 nits (typ), 600 nits (Outdoor mode)

Material: LCD

TÜV Rheinland Low Blue Light (Software Solution) Certified

TÜV Rheinland Flicker Free Certified

Screen-to-body ratio:84.41%

Contrast ratio: 1500:1

Color depth: 10-bit,1 billion colors

Dimming: 2048

Reading mode

Audio 4 speakers

2 mic

Supports Dolby Atmos® and Hi-Res Audio

3.5mm headphone jack

1 mic

Dual speakers, Dolby Atmos® supported

3.5mm headphone jack

Operating System Xiaomi HyperOS, Android 14 Xiaomi HyperOS, Android 14
Camera Rear camera:

8MP

1/4″, f/2, 1.12μm

1080P 1920×1080 30fps

720P 1280×720 30fps

Front camera:8MP 1/4″, f/2.28, 1.12μm

1080P 1920×1080 30fps

720P 1280×720 30fps

Rear camera:

8MP

f/2.0, 1.12μm pixel size

1080P 1920×1080 30fps

720P 1280×720 30fps

Front Camera:

5MP

f/2.2, 1.12μm pixel size

1080P 1920×1080 30fps

720P 1280×720 30fps

Battery & charging 10,000mAh (typ), 9800mAh (min)

33W fast charging

USB Type-C

6,650mAh (typ)

Supports 18W fast charging

USB Type-C

Network & Connectivity Dual SIM Dual 5G*

SIM 1 + Hybrid* (SIM or MicroSD)

Network bands:

5G SA: n1/3/5/7/8/20/28/38/40/41/66/77/78

5GNSA: n1/3/5/7/8/20/28/38/40/41/66/77/78

4GFDD:B1/2/3/4/5/7/8/12/13/17/18/19/20/26/28/66 4G TDD: B38/40/41

3G WCDMA: 1/2/4/5/8/6/19

2G GSM: 2/3/5/8

Wireless Networks

Wi-Fi 6E,Wi-Fi 6,Wi-Fi 5,Wi-Fi 4 and 802.11a/b/g 2.4GHz Wi-Fi | 5GHz Wi-Fi | 6GHz Wi-Fi

Supports 2×2 MIMO, Wi-Fi Direct, Miracast, MU-MIMO

Bluetooth 5.2

AAC/LDAC/SBC/aptX/aptX-HD/aptx-adaptive

IPv6

Network bands:

SIM 1 + SIM 2 + MicroSD

2G/3G/4G

GSM: 2/3/5/8

WCDMA: B1/2/4/5/6/8/19

LTE FDD: B1/2/3/4/5/7/8/13/18/19/20/26/28/66(full band)

LTE TDD: B38/40/41(full band)

Wi-Fi5 dual-band(802.11a/b/g/n/ac)Bluetooth 5.3

AAC SBC LDAC

FM

For more: Xiaomi Tablet Portfolio Nepal


Share It On:

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Recent Posts