५ असार, काठमाडौं ।
ग्लोबल टेक्नोलोजी लिडर शाओमीले नेपाली बजारमा दुई अत्याधुनिक ट्याब्लेट शाओमी प्याड ७ र रेड्मी प्याड२ को प्रि बुकिङ खुल्ला गरेको छ ।
Xiaomi Pad 7 Pre-Booking Nepal
शक्तिशाली प्रोसेसर, उच्च गुणस्तरको डिस्प्ले, लामो ब्याट्री आयु र नवीनतम शाओमी हाइपरओएस प्रणालीसहित आएका यी ट्याब्लेटहरूले नेपाली प्रयोगकर्ताहरूका लागि मनोरञ्जन, अध्ययन र अन्य काममा पनि नयाँ प्रविधिको अनुभव दिलाउने अपेक्षा गरिएको छ ।
उक्त सार्वजनिक कार्यक्रममा बोल्दै शाओमी नेपालका कन्ट्री जनरल म्यानेजर मनु मनास्वीले भने, “यी ट्याब्लेटहरूले नेपाली उपभोक्ताहरूका लागि अत्याधुनिक प्रविधि ल्याउने शाओमीको प्रतिबद्धतालाई प्रतिनिधित्व गर्छन् ।
शाओमी प्याड ७ उत्कृष्ट प्रदर्शन खोज्ने उपभोक्ताका लागि लक्षित गरिएको छ भने रेड्मी प्याड २ प्रिमियम ट्याब्लेट अनुभव सबैका लागि सुलभ बनाउने प्रयास हो ।”
शाओमी प्याड ७: प्रिमियम प्रदर्शन र डिजाइनको संयोजन
शाओमी प्याड ७ मा ३.२के रिजोल्युसन सहितको १४४ हर्जको हाई–रिफ्रेस रेट भएको डिस्प्ले दिइएको छ, जसले स्क्रोलिङ र मल्टिमिडिया अनुभवलाई सरल र सहज बनाउँछ । स्न्यापड्रागन® ७+ जेन ३ प्रोसेसरसहित यो ट्याब्लेट ४एनएम प्रविधिमा निर्मित भएको हो, जसले गहन कामहरूमा समेत उत्कृष्ट प्रदर्शन दिन्छ ।
८८५० एमएएच क्षमताको ब्याट्रीलाई ४५वाटको फास्ट चार्जिङ प्रविधिद्वारा १०३ मिनेटमै पूर्ण चार्ज गर्न सकिन्छ । डेस्कटप जस्तै मल्टीटास्किङ अनुभव दिन सक्ने हाइपरओएस प्रणाली यसमा समावेश छ । १३ मेगापिक्सेल ब्याक र ८मेगापिक्सेल फ्रन्ट क्यामेराले उच्च गुणस्तरको फोटोग्राफी अनुभव प्रदान गर्छ ।
रेड्मी प्याड २: सबैका लागि पहुँचयोग्य ट्याब्लेट
११ इन्चको २.५के डिस्प्ले, ९० हट्र्ज रिफ्रेस रेट र हेलिओ जी १०० –अल्ट्रा प्रोसेसरसहित रेड्मी प्याड २ अध्ययन, मनोरञ्जन र सामान्य कामका लागि उत्तम विकल्प हो । यो ट्याब्लेट ६ एनएम प्रविधिमा निर्मित शक्तिशाली प्रोसेसरसहित आएको छ जसले भरपर्दो कार्यसम्पादन प्रदान गर्छ ।
यसमा रहेको ९००० एमएएच ब्याट्रीले दिनभरको कामलाई सहज बनाउँछ । स्टोरेज विकल्पका रूपमा ६ जिबी + १२८ जिबी देखि सुरु भई ८ जिबी + २५६ जिबी सम्म उपलब्ध छ । ग्राफाइट ग्रे, मिन्ट ग्रिन र ल्याभेन्डर पर्पल रङमा आकर्षक मेटल युनिबडी डिजाइनमा बजारमा आएको छ ।
थप विशेषताहरू
दुबै ट्याब्लेटमा चारवटा स्पिकर छन् जसमा डल्बी एटमस प्रविधिको रहेको छ, जसले सिनेम्याटिक साउन्ड अनुभव प्रदान गर्छ । टीयुभी रेहिइनल्याण्ड प्रमाणीकरण पाएको स्क्रिनले आँखाको सुरक्षालाई ख्याल राखेको छ ।
मूल्य र उपलब्धता
शाओमी प्याड ७ ग्रे, ग्रिन र ब्लु रङमा उपलब्ध छ । ८जिबी+ १२८जिबी, र ८जिबी, + २५६जिबी, स्टोरेज भेरियन्टमा प्राप्त गर्न सकिन्छ । त्यस्तै रेड्मी प्याड २ ग्राफाइट ग्रे, मिन्ट ग्रिन र ल्याभेन्डर पर्पल रङमा ६जिबी+ १२८जिबी र ८जिबी+२५६ जिबी स्टोरेज उपलब्ध छ ।
६ जीबी, १२८ जीबी स्टोरेज भएको रेडमी प्याड २ को मूल्य रु. २४,९९९ र ८ जीबी २५६ जीबी स्टोरेजको लागि रु. २९,९९९ तोकिएको छ । त्यसैगरी, ८ जीबी १२८ जीबी स्टोरेज भएको शाओमी प्याड ७ को मूल्य रु. ४४,९९९ र ८ जीबी, २५६ जीबी स्टोरेजको लागि रु. ४९,९९९ निर्धारण गरिएको छ ।
प्रि—बुकिङ अफर
शाओमी प्याड ७ र रेडमी प्याड २ को प्रि बुकिङ जुन १७ देखि २० सम्म खुला रहने छ । त्यस समयमा विशेष अफरहरू उपलब्ध छन् ।
यो समयमा प्याड ७ खरिद गर्नेहरूले रु.७,९९९ बजारमूल्य रहेको किबोर्ड वा फोकस पेन केवल रु.५,९९९ मा प्राप्त गर्न सक्नेछन् भने रेडमी प्याड २ खरिद गर्नेहरूले निःशुल्क रेडमी बड्स ५ए प्राप्त गर्नेछन् ।
शाओमीका अनुसार, यी दुवै ट्याब्लेटहरू नेपालभरिका सबै एमआई स्टोरहरू, शाओमीका आधिकारिक बिक्रेता र दराज तथा हुकुट स्टोरमा पनि समेत उपलब्ध छन् ।
For More:-Xiaomi Pad 7 Pre-Booking Nepal