Worldlink Communication ले 6G वाईफाई 6 सार्वजनिक गर्यो – नेपालको इन्टरनेट कनेक्टिभिटीको भविष्य
२५ कात्तिक २०८२, काठमाडौं ।
नेपालको अग्रणी इन्टरनेट सेवा प्रदायक वर्ल्डलिंक कम्युनिकेशन्स लिमिटेडले आफ्नो नयाँ पुस्ताको वाईफाई ६ प्रविधि “वर्ल्डलिंक 6G” को सफल शुभारम्भ होटल म्यारियट, नक्सालमा विशेष कार्यक्रमका साथ आयोजना गरेको थियो।
यो लन्चले नेपाली उपभोक्ता र व्यवसायका लागि इन्टरनेट अनुभवलाई पुनः परिभाषित गर्ने दिशामा एक महत्वपूर्ण कदम चिह्नित गरेको छ।
भविष्यको इन्टरनेटको रूपमा प्रस्तुत गरिएको वर्ल्डलिंक 6G ले वाईफाई ५ भन्दा ४०% बढी कवरेज र ४ गुणासम्म उच्च थ्रुपुट प्रदान गर्छ, जसले अझ सहज प्रदर्शन, भरपर्दो जडान, र विभिन्न उपकरण तथा स्थानहरूमा मजबुत कनेक्टिभिटी सुनिश्चित गर्छ।
कार्यक्रममा वर्ल्डलिंक कम्युनिकेशन्स लिमिटेडका अध्यक्ष तथा प्रबन्ध निर्देशक दिलीप अग्रवालले नयाँ प्रविधिको आधिकारिक शुभारम्भ गर्नुभयो। आफ्नो सम्बोधनमा उहाँले नवप्रवर्तन र ग्राहक सन्तुष्टिको प्रती वर्ल्डलिंकको निरन्तर प्रतिबद्धता दोहोर्याउँदै भन्नुभयो “वाईफाई ६ नेपालको स्मार्ट, द्रुत र प्रभावकारी डिजिटल जीवनतर्फको एक निर्णायक कदम हो।”
नोकियाका प्रतिनिधि विशालले वाईफाई ६ प्रविधिबारे अन्तर्राष्ट्रिय दृष्टिकोण साझा गर्दै यसको भविष्यमा पार्ने प्रभाव र वर्ल्डलिंक–नोकिया साझेदारीले नेपालमा विश्वस्तरको इन्टरनेट समाधान ल्याउने लक्ष्यबारे प्रकाश पार्नुभयो।
कार्यक्रममा कर्पोरेट क्षेत्र, मिडिया र खेलकुद जगतका १५० भन्दा बढी विशिष्ट अतिथिहरूको उपस्थितिले देशमा प्रविधिक प्रगतिप्रतिको बलियो समर्थन झल्कायो।
सन्ध्या सत्रमा नेपाल प्रिमियर लिग (NPL) 2025 का लागि वर्ल्डलिंकले टाइटल पार्टनरको रूपमा गर्वका साथ समर्थन गरेको टोली काठमाडौँ गोरखाजलाई सम्मान गर्ने विशेष कार्यक्रम पनि समावेश गरिएको थियो।
टोलीका हेड कोच मोंटी देसाई, र व्यवस्थापन प्रतिनिधिहरू अनुभव स्वर सिरोहिया र श्री सुरज सिंह ठाकुरीले वर्ल्डलिंकका CEO केशव नेपालबाट स्मृति चिन्ह ग्रहण गर्दै आगामी NPL सिजनका लागि शुभकामना प्राप्त गरे।
सो अवसरमा नेपालले वर्ल्डलिंकको प्रविधि नेतृत्वसँगै खेलकुद र समुदायमा सक्रिय सहभागिताका लागि कम्पनीको प्रतिबद्धता पुनः व्यक्त गर्नुभयो।
वर्ल्डलिंक 6G को प्रस्तुतिसँगै कम्पनीले स्मार्ट, द्रुत र अझ बढी जडित नेपाल निर्माण गर्ने आफ्नो यात्रालाई निरन्तर अघि बढाएको छ।
वर्ल्डलिंक कम्युनिकेशन्स लिमिटेड बारेमा
१९९५ मा स्थापित वर्ल्डलिंक कम्युनिकेशन्स लिमिटेड नेपालकै सबैभन्दा ठूलो इन्टरनेट र नेटवर्क सेवा प्रदायक हो, जसले देशव्यापी रूपमा भरपर्दो ब्रडब्यान्ड, डाटा कनेक्टिभिटी, र इन्टरप्राइज सोलुसनहरू प्रदान गर्दै आएको छ।
दुई दशक भन्दा बढी समय देखि नवप्रवर्तन र उत्कृष्टता प्रति समर्पित वर्ल्डलिंकले विश्वस्तरीय डिजिटल अनुभव मार्फत नेपाललाई सशक्त बनाउने आफ्नो प्रतिबद्धता कायम राखेको छ।
For more: WorldLink WiFi 6 internet in Nepal



