वल्र्डलिंकको कर्पोरेट इन्टरनेटमा थप सुरक्षा
काठमाडौं, वैशाख ११
नेपालकै ठुलो इन्टरनेट सेवा प्रदायक कम्पनी वल्र्डलिंकले आफ्ना कर्पोरेट ग्राहकहरुका लागि इन्टरनेट प्रयोगमा थप सुरक्षा प्रदान गर्न ‘सेफ नेट’ सेवा उपलब्ध गराउने भएको छ । विगत २३ वर्ष देखी उच्च स्तरीय र भरपर्दो इन्टरनेट सेवा दिँदै आएको वल्र्डलिंकले केहि वर्ष अघि रिटेल ग्राहकका लागि ‘सेफ नेट’ सुविधा उपलब्ध गराउँदै आएको थियो । उक्त सेवालाई अब विस्तार गरी कर्पोरेट ग्राहकका लागि पनि उक्त सेवा सुचारु गराएको छ । वल्र्डलिंकले रिटेल ग्राहकबाट आएको राम्रो प्रतिकृयालाई मध्यनजर गरेर यसलाई कर्पोरेट ग्राहक माझ पनि ल्याइएको हो ।
कर्पोरेट भर्जनको ‘सेफ नेट’ सेवामा कन्टेन्ट फिल्टरिङ, फायरवाल, सेफ ब्राउजिङ, एन्टीभाइरस र समय व्यवास्थापन लगायतका सुरक्षा सुविधा उपलब्ध रहेको छ । यसको प्रयोगले इन्टरनेटको सहि सदुपयोग गरी कम्पनीको विकासमा मद्धत पु¥याउने विश्वास कम्पनीले लिएको छ । यो सेवा कम्पनीको भ्यालु एडेड सर्भिस अन्र्तगत पर्ने भएकाले यो सेवा वल्र्डलिंकका ग्राहकले मात्रै प्रयोग गर्न सक्नेछन् ।