आज विश्व मानसिक स्वास्थ्य दिवस मनाइँदै
२४ असोज २०८२, काठमाडौं ।
मानसिक स्वास्थ्यप्रति जागरुकता बढाउने उद्देश्यका साथ आज विश्वका विभिन्न मुलुकमा विश्व मानसिक स्वास्थ्य दिवस मनाइँदैछ ।
मानसिक स्वास्थ्य बिना मानव स्वस्थ नहुने वास्तविकता बोध गराउन सन् १९९२ देखि यो दिवस मनाउन प्रारम्भ भएको हो ।
प्राकृतिक प्रकोप, द्वन्द्व र सार्वजनिक स्वास्थ्य आपत्कालजस्ता सङ्कटमा परेकालाई मनोसामाजिक परामर्श दिने तथा उनीहरूलाई तत्काल सहयोग गर्नुपर्नेमा यो दिवसले जोड दिएको छ ।
For more: World Mental Day 2082