चीनले बनायो विश्वकै ठूलो एकीकृत हरित हाइड्रोजन परियोजना: के छन् विशेषता?
७ पुष २०८२, काठमाडौं ।
चीनको जिलिन प्रान्तस्थित सोंगयुआन सहरमा विश्वकै सबैभन्दा ठूलो एकीकृत हरित हाइड्रोजन, एमोनिया र मेथानोल परियोजनाको पहिलो चरण सञ्चालनमा आएको छ ।
यस परियोजनाबाट वार्षिक ४५ हजार टन हरित हाइड्रोजन उत्पादन हुने अपेक्षा गरिएको छ, जुन चीनको हालको कुल हाइड्रोजन उत्पादनको करिब पाँचौँ भाग बराबर हो । परियोजनाको पहिलो चरणले मात्र वार्षिक ७ लाख ४० हजार टन कार्बन उत्सर्जन घटाउने अनुमान गरिएको छ ।
चाइना इनर्जी इन्जिनियरिङ कर्पोरेसन (सीइइसी) द्वारा विकास गरिएको यस परियोजनाले ठूलो मात्रामा हाइड्रोजन उत्पादन र हरित हाइड्रोजन, एमोनिया तथा मेथानोलको एकीकृत संश्लेषणमा महत्वपूर्ण प्राविधिक उपलब्धि हासिल गरेको बताइएको छ ।
Advertisement
कम्पनीका अध्यक्ष नी झेनले नयाँ ऊर्जाको उतार–चढावलाई रासायनिक पदार्थको स्थिर उत्पादनसँग सफलतापूर्वक जोड्न सकिएको उल्लेख गर्दै यसले देशभर हरित हाइड्रोजनमा आधारित रासायनिक उद्योगको विकासका लागि व्यवहारिक मार्ग प्रशस्त गरेको बताए ।
यसैबीच, सीएमबी.टेकका प्रमुख कार्यकारी अधिकृत अलेक्जेन्डर सेभरीसले परियोजनालाई ढुवानी उद्योगको कार्बन उत्सर्जन घटाउने दिशामा ठूलो उपलब्धि भएको बताए । सीसीटीभी
For More:-Largest Green Hydrogen Project

