२७ असार, काठमाडौं ।
निर्भया फाउण्डेसनद्वारा आयोजित टीभीएस एनटर्क ‘वूमन ईन कन्सर्ट ट्यालेन्ट हन्ट २०२४’ को विजेता घोषणा झएको छ । ‘वूमन ईन कन्सर्ट’ अत्याधिक रुचाईएको कार्यक्रम हो जहाँ महिला गायिका तथा संगीतकारहरुलाई सशत्त बनाईन्छ ।
Women in TVS NTORQ Winners
यो वर्ष प्रजिना गुरुङ्गले शीर्ष उपाधि हात पारेकी छन् । उनले टीभीएस एनटर्क १२५ सँगै नगद रु १ लाख जितेकि छन् भने निर्भया फाउण्डेसनको वूमन ईन कन्सर्टसँग दुई गीत, एक म्युजिक भिडियो र एक वर्षको सम्झौता गरेकी छन् ।
त्यसैगरी उक्त प्रतियोगितामा रिदम राईले दोश्रो स्थान प्राप्त गरेका छन् भने सुजिता डङ्गोल तेश्रो भएकी छन् ।
वूमन ईन कन्सर्ट २०२४ को शिर्ष प्रायोजक र मुख्य लगानीकर्ताको रूपमा रहेको टीभीएस एनटर्कले उदियमान महिला कलाकारहरूलाई प्रवर्द्धन गर्ने, उनीहरुलाई प्लेटफर्म प्रदान गर्ने समर्थन गर्न प्रतिबद्ध छ ।
टीभीएस र वूमन ईन कन्सर्टको यो सहकार्यले कम्पनीको संगीतमा महिलाहरूका लागि सुरक्षित ठाउँ र समान अवसरहरू सिर्जना गर्न प्रतिबद्धतालाई जोड दिएको छ ।
रक ब्यान्ड अभया र स्टीम इन्जिनका प्रख्यात गायिका तथा गीतकार अभया सुब्बाद्वारा स्थापना गरिएको वूमन ईन कन्सट, सन् २००३ मा स्थापना भएदेखि नै महिला संगीतकारहरूको लागि काम गर्दै आएको छ ।
काठमाडौं वर्ल्ड स्कुलमा आयोजित यस वर्षको कार्यक्रममा १,००० भन्दा बढी सहभागीहरूको उत्साहजनक सहभागिता थियो, सबैले संगीतको माध्यमबाट महिला सशक्तिकरणको भावना मनाउन एकसाथ आएका थिए ।
यो ट्यालेन्ट हन्टको दोश्रो संस्करण हो जहाँ महिला संगीतकार तथा गायिकाहरुलाई तिन महिनाको बृहत् प्रशिक्षण दिँदै उनीहरुलाई संगीत उद्योगमा फस्टाउन आवश्यक सीप र आत्मविश्वास प्रदान गरिन्छ ।
टीभीएसले महिला सशक्तिकरणका पहलहरूलाई सधैं समर्थन गर्दै आएको छ र भविष्यमा पनि यस्ता पहलहरूलाई समर्थन गर्न तत्पर छ ।
For more: Women in TVS NTORQ Winners