सानिमा बैंकले गर्यो हस्पिटललाई मेसिन प्रदान

Share It On:

२० पुस २०७६, काठमाडौं ।

सानिमा बैंक लिमिटेड पोखरा, न्युरोड शाखाले बैंकको सामाजिक संस्थागत उत्तरदायित्व कार्यक्रम अन्तर्गत मिति २०७६ पौष १९ गते शनिबार पोखरा मा.न.पा. वडा नं. १७, घारीपाटन स्थित श्री हिमालय आँखा हस्पिटलमा आउने दैनिक करिब ५०० जना आँखा सम्बन्धी बिरामीहरु एवम् हस्पिटलका कर्मचारीहरुको स्वास्थ्यलाई मध्यनजर गर्दै वाटर प्यूरीफिकेशन मेसिन प्रदान गरेको छ ।

उक्त मेसिन सानिमा बैंकका प्रमुख कार्यकारी अधिकृत श्री भुवन कुमार दाहालज्यू द्धारा हिमालय आँखा हस्पिटलका प्रमुख मेडिकल डाईरेक्टर डा. ईन्द्रमान मर्हजनज्यूलाई हस्तानतरण गर्नु भयो । साथै, बैंकको प्रमुख कार्यकारी अधिकृतले आगामी दिनहरुमा पनि थप आवश्यक सहयोगहरु उपलब्ध गर्दै जाने बताउनु भयो ।

त्यसै गरी हिमालय आँखा हस्पिटलका प्रमुख मेडिकल डाईरेक्टर डा. ईन्द्रमान मर्हजनले सानिमा बैंकको सहयोग प्रति हार्दिक आभार व्यक्त गर्नु भयो ।सानिमा बैंकको हाल ७९ वटा शाखा, १ एक्सटेन्सन काउन्टर तथा ७८ वटा ए.टि.एम रहेको छ ।


Share It On:

Leave a Reply

Your email address will not be published. Required fields are marked *