विभान्ता डेन्टल हस्पीटल ,हिमाल डेन्टल हस्पीटल र प्रभु बैंक बीच सम्झौता

Vivanta Himal Dental Prabhu MoU
Share It On:

११ पौष ,काठमाडौं ।

काठमाण्डौ महानगरपालिका, वाड नं २८, कमलादी स्थित विभान्ता डेन्टल हस्पीटल प्रा.लि.तथा काठमाण्डौ महानगरपालिका,वाड नं ०४, धुम्बाराही स्थित हिमाल डेन्टल हस्पीटल प्रा.लि.र प्रभु बैंक लिमिटेड बीच बैंकका ग्राहक तथा कर्मचारीहरुलाई उल्लेखित डेन्टल हस्पीटल प्रा.लि.को दन्त सेवा सुविधामा विशेष छुट प्रदान गर्ने सम्झौता भएको छ ।

Vivanta Himal Dental Prabhu MoU

प्रभु बैकंका कर्मचारी र कर्मचारीका परिवारजन तथा ग्राहकहरुले २०% छुट पाउने भएका छन । सो छुट सेवा सुविधा विभान्ता डेन्टल हस्पीटल प्रा.लि.र हिमाल डेन्टल हस्पीटल प्रा.लि.मा प्राप्त गर्न सकिनेछ । उक्त सम्झौता¬–पत्रमा विभान्ता डेण्टल हस्पिटल र हिमाल डेन्टल हस्पीटलका तर्फबाट अध्यक्ष तथा प्रबन्ध निर्देशक राजेन्द्र प्रसाद भट्ट र महाप्रबन्धक किशोर भट्ट तथा प्रभु बैंक लि.का तर्फबाट चिफ मार्केटीङ अफिसर  निरज लम्साल र मार्केटीङ म्यानेजर  सबिन राणा को संयुक्त हस्ताक्षर बिच सम्पन्न भयो ।

त्यसैगरी, ग्राहकहरुको रोजाईको अग्रणी बैंकको रुपमा रहेको तथा हालसालै “बैंक अफ द इयर २०२३” को उपाधिबाट सम्मानित प्रभु बैंकका नेपालभर ३११ शाखा कार्यालयहरु, २८४ एटीएम साथै ६९ एक्सटेन्सन काउन्टर मार्फत करिब ३५ लाख भन्दा बढि ग्राहकहरुलाई ‘बिश्वास लिन्छौं, विश्वास दिन्छौं’ भन्ने मुल नाराका साथमा बैंकिङ एवं वित्तीय सेवा प्रवाह गरिरहेको प्रभु बैंकले अत्याधुनिक प्रविधि मार्फत गुणस्तरीय सेवा प्रवाह गर्दै प्रतिस्पर्धी रुपमा अगाडि बढिरहेको छ । साथै प्रभु बैंक फिनाकल ईन्फोसिस ईनोभेसन गोल्ड २०२४ अवार्डबाट पनि सम्मानित भएको छ ।

For More:-Vivanta Himal Dental Prabhu MoU


Share It On:

Leave a Reply

Your email address will not be published. Required fields are marked *