नेपालमा भाइबरको यात्रा: एक दशकभन्दा बढी समयदेखि डिजिटल सञ्चारमा अग्रपंक्तिमा

Viber Digital Communication Nepal
Share It On:

२० भदौ, काठमाडौं। 

गुगल प्ले स्टोरमा एक अर्बभन्दा बढी पटक डाउनलोड भएको संसारकै सबैभन्दा विश्वासिलो सञ्चार प्लेटफर्ममध्ये एक राकुटेन भाइबर नेपालमा दशकभन्दा बढी समयदेखि घर-घरमा परिचित नाम बनेको छ। यसले मानिसहरूलाई अर्थपुर्ण सम्बन्धहरू बनाउन, आफ्ना परिवार र साथीहरूसँगका अमूल्य क्षणहरू सुरक्षित रूपमा बाँड्न, व्यावसायिक सम्बन्धहरूलाई व्यवस्थापन गर्न र आफ्ना रुचि पछ्याउनका लागि एउटै थलोमा सहज वातावरण उपलब्ध गराउँदै आएको छ।

सन् २०२४ को सुरुवातमा भाइबरले नेपाल सरकारको सञ्चार तथा सूचना प्रविधि मन्त्रालयमा सामाजिक सञ्जाल प्लेटफर्मका रूपमा आधिकारिक दर्ता गर्यो। यसले नेपाल सरकारद्वारा जारी सामाजिक सञ्जालको प्रयोगलाई व्यवस्थित गर्ने निर्देशिका २०२३ पालना गरेको छ।

डेटा गोपनीयतालाई विशेष प्राथमिकता दिँदै भाइबरले एन्ड-टु-एन्ड इन्क्रिप्टेड भ्वाइस र भिडियो कल, म्यासेजिङ, ग्रुप च्याट, जिआईएफ, फाइल सेयरिङ र डिभाइस सिन्क्रोनाइजेसन सुविधा उपलब्ध गराएको छ। सुपर एपको रूपमा भाइबर केवल मेसेजिङ वा कलमै मात्र सीमित छैन, यसले प्रयोगकर्ताको दैनिक जीवनलाई सहज बनाउन विभिन्न उपयोगी सेवाहरू प्रदान गर्दछ। साथै प्रयोगकर्ताले यसै प्लेटफर्मभित्र पब्लिक च्यानलहरू मार्फत सेलिब्रिटी, इनफ्लुएन्सर र ब्रान्डसम्बन्धी अपडेटहरू पनि पाउँछन्।

भाइबर नेपालमा सुरुवाती कालमै उपलब्ध भएका सञ्चार एपहरूमध्ये एक हो जसले नेपाली भाषाका स्टिकर र स्थानीय सामग्रीहरू उपलब्ध गराउँदै डिजिटल सञ्चारलाई अझै व्यक्तिगत र आत्मीय बनाएको छ। यो निरन्तर रूपमा नेपालीहरूको सेवामा प्रतिबद्ध छ।

राष्ट्रिय संकटका समयमा पनि भाइबरले महत्वपूर्ण भूमिका खेलेको छ। सन् २०१५ को गोरखा केन्द्रबिन्दु पारेर गएको भूकम्पपछि यसले गुणस्तरीय भ्वाइस र भिडियो कल सेवा उपलब्ध गराएको थियो। कोभिड–१९ महामारीका बेला यसले स्वास्थ्य मन्त्रालयसँग सहकार्य गरी केस संख्या र अस्पताल क्षमताबारे महत्त्वपूर्ण जानकारी साझा गरेको थियो भने नेपाल प्रहरीसँग मिलेर सार्वजनिक सञ्चार कायम राख्न पनि योगदान गरेको थियो।

राकुटेन भाइबरका बारेमा

राकुटेन भाइबर संसारकै सबैभन्दा विश्वासिलो र बढी डाउनलोड भएका एपहरूमध्ये एक हो। हामी सुरक्षित तरिकाले मानिसहरूलाई जोड्ने मात्र होइन, उनीहरूले परिवार र साथीहरूसँग आफ्ना अमूल्य क्षणहरू बाँड्न, व्यावसायिक सम्बन्धहरू व्यवस्थापन गर्न वा आफ्ना रुचि पछ्याउन लागि एउटै ठाउँमा सहज वातावरणको सिर्जना गर्दछ। सुपर एपको रूपमा यसले प्रयोगकर्ताको दैनिक जीवनलाई सहज बनाउन आवश्यक सेवाहरू उपलब्ध गराउँछ।

राकुटेन भाइबर, राकुटेन ग्रुप आईएनसीको हिस्सा हो जुन विश्वव्यापी रूपमा ई–कमर्स, फिनटेक, डिजिटल कन्टेन्ट र सञ्चार सेवामा अग्रणी प्रविधि कम्पनी हो

For More:-Viber Digital Communication Nepal


Share It On:

Leave a Reply

Your email address will not be published. Required fields are marked *