सञ्‍चार तथा सूचना प्रविधि मन्त्री पृथ्वीसुब्बा गुरुङ्गसंग अमेरिकि राजदुत डिन थम्सनले शिष्टाचार भेट

US Ambassador Thomson Meets
Share It On:

७ साउन काठमाडौं ।

सञ्‍चार तथा सूचना प्रविधि मन्त्री पृथ्वीसुब्बा गुरुङ्गसंग आज नेपालका लागि अमेरिकि राजदुत डिन थम्सनले शिष्टाचार भेट बताए।

भेटमा राजदुत थम्सनले मन्त्री गुरुङ्गलाई कार्यकालको सफलताको शुभकामना ब्यक्त गरे ।

त्यस अवसरमा राजदुत थम्सनले सूचना प्रविधि क्षेत्रको विकास र विस्तारकालागि अमेरिकी सरकार नेपाललाई सहयोग गर्न तयार रहेको बताए ।

सञ्‍चार तथा सूचना प्रविधि मन्त्रालय मुलुककै महत्वपुर्ण मन्त्रालय भएको बताउदै राजदुत थम्सनले नेपालको सम्बृद्दिकालागि सूचना प्रविधि क्षेत्रको विकास आवश्यक भएको बताए।

राजदुत थम्सनले प्रकृतिक विपत्तिमा प्रविधिको प्रयोग गरी पुर्व जानकारीका साथै खोज तथा उद्दार गर्न सकिने भन्दै अमेरिका नेपालको साईवर सुरक्षा, पर्यटन सूचनालगायको क्षेत्रमा सहयोग गर्न तयार रहेको बताए ।

उहाँले सूचना प्रविधिको क्षेत्रलाई नेपालले विकास गर्न सके युवा जनशक्ति विदेशजान रोकिने र नेपालले प्रशस्त विदेशी मुद्रा आर्जन गर्न सक्ने जानकारी गराए ।

भेटमा मन्त्री गुरुङ्गले वर्तमान सरकारको लक्ष्यनै शान्ती र सम्बृद्दि रहेको जानकारी गराउदै नेपाल सूचना तथा प्रविधिको क्षेत्रमा अमेरिकासंग सहकार्य गर्न तयार रहेको बताए ।

प्राकृतिक विपत्तिबाट नेपाल पिडित भएको जानकारी गराउदै मन्त्री गुरुङ्गले पर्वतारोहणका क्रममा हुने उद्दार तथा खोजमा सञ्‍चार सम्पर्क आवश्यक रहेको बताए।

नेपालले सञ्‍चार क्षेत्रमा ठुलो फड्को मारेको बताउदै मन्त्री गुरुङ्गले यो पर्याप्त नभएको र सञ्‍चार क्षेत्रलाई आय आर्जन र रोजगारीसंग जोड्नु पर्ने बताए ।

युवा शक्ति पलायत मुलुकको चुनौति भएको बताउदै सूचना प्रविधिको विकास र विस्तारले युवा शक्तिलाई मुलुकमै रोक्न सकिने बताउदै त्यसकालागि अमेरिकासंग सहकार्य हुन सक्ने उहाँले बताए ।


Share It On:

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Recent Posts