युनिलिभरले सफा हिमाल अभियान २०२४ को लागि सहयोग जारी राख्दै

Unilever Mountain Clean-Up
Share It On:

२४ जेठ, काठमाडौं।  

नेपाली सेनाको अगुवाइमा अन्य सरकारी निकायसँगको सहकार्यमा चैत्र २९ गतेदेखि ज्येष्ठ २३ गतेसम्म सफा हिमाल अभियान–२०२४ सञ्चालन भएको थियो ।

युनिलिभर नेपाल लिमिटेडले यस अभियानमा संकलन गरिएको फोहोरलाई रिसाइकल गर्नको लागि आधिकारिक फोहोर
व्यवस्थापन/रिसाइक्लिङ्ग साझेदार अवनी भेन्चर्सलाई सहयोग गरेको छ।

यस वर्षको अभियानमा सगरमाथा, ल्होत्से तथा नुप्त्सेबाट ११ हजार केजी भन्दा बढी फोहोर र १ थान कङ्काल सहित ५ शवको अवशेष सङ्कलन गरिएको छ ।

युनिलिभरले सन्२०२१, २०२२ र २०२३ मा नेपाली सेनालाई प्रत्यक्ष रूपमा सफा हिमाल अभियानमा गर्वका साथ सहयोग गरेको थियो। नेपाली सेनाका अनुसार २०१९ देखि सुरु भएको सफा हिमाल अभियानमा १०८ टनभन्दा बढी फोहोर सङ्कलन भएको छ भने १२ जना मृतकको शवको अवशेष सङ्कलन भएको छ ।

दिगोपन प्रयासमा सहभागी हुन पाउँदा र वातावरणको दिगोपनका लागि पहलहरूको भाग भएर नेपाललाई सेवा गर्ने
अवसर पाउँदा कम्पनी सम्मानित छ।

जलवायु परिवर्तनलाई न्यूनीकरण गर्न, खास गरी यस क्षेत्रमा, र यी हिमालहरूको प्राकृतिक सौन्दर्यको संरक्षणका लागि गरिएका यस्तो अभियानलाईसरोकारवाला तथा अन्य समर्थकहरूले प्रशंसा गरेका छन्।  वातावरणको सुधारका लागि दिगोपन र परिवर्तनलाई समर्थन र अभ्यास गरिनुपर्छ भन्ने युनिलिभरको विश्वास रहेको छ।

गरिएको फोहोरलाई रिसाइकल गर्नको लागि आधिकारिक फोहोर व्यवस्थापन/रिसाइक्लिङ्ग साझेदार अवनी भेन्चर्सलाई सहयोग गरेको छ।


Share It On:

Leave a Reply

Your email address will not be published. Required fields are marked *