न्युयोर्कमा ‘वर्ल्ड एआई एलायन्स’ स्थापना: नेपाली प्रविधिज्ञ उज्ज्वल रायले सम्हाले विश्वव्यापी नेतृत्व
८ फागुन, काठमाडौँ।
प्रविधि जगत्मा एउटा ऐतिहासिक फड्को मार्दै १८ फेब्रुअरी, २०२६ मा अमेरिकाको न्युयोर्क सहरमा वर्ल्ड एआई एलायन्स (WAA) को आधिकारिक घोषणा गरिएको छ। आर्टिफिसियल इन्टेलिजेन्स (AI) को ७०औँ वार्षिकोत्सवको अवसरमा स्थापना भएको यस संस्थाको नेतृत्व नेपालमा जन्मिएका प्रविधि दूरदर्शी उज्ज्वल रायले गर्ने हुनुभएको छ ।
नेपाली प्रविधि नेतृत्वको विश्वव्यापी पहिचान
नेपालका प्रख्यात प्रविधि उद्यमी एवं सरकारी सल्लाहकार उज्ज्वल राय वर्ल्ड एआई एलायन्सको संस्थापक अध्यक्ष नियुक्त हुनुभएको छ । यो नियुक्ति सम्पूर्ण नेपाली नागरिक र विश्वभर रहेका नेपाली समुदायका लागि गौरवको विषय हो ।
क्यान महासंघ (CAN Federation) का वरिष्ठ उपाध्यक्ष एवं प्रविधि उद्यमी चिरञ्जीवी अधिकारीले यस उपलब्धिलाई नेपाली सूचना प्रविधि क्षेत्रको एउटा ठुलो कोशेढुङ्गाका रूपमा व्याख्या गर्नुभएको छ। नेपालका आइसिटी (ICT) संस्थाहरूको छाता संगठनका नेताका रूपमा अधिकारीले रायको यो सफलताले नेपाली जनशक्तिको क्षमता विश्वस्तरको रहेको प्रमाणित गरेको बताउनुभयो।
उज्ज्वल राय: डिजिटल नेपालको परिकल्पनाकारदेखि विश्वव्यापी मञ्चसम्म
संस्थापक अध्यक्ष रायको योगदान नेपालको डिजिटल रूपान्तरणमा अतुलनीय रहेको छ:
उहाँले नेपालको पहिलो राष्ट्रिय एआई नीति (National AI Policy) तर्जुमा गर्न मुख्य सल्लाहकारको भूमिका निभाउनुभएको थियो ।
नेपालको ३० वर्षे आइटी रोडम्याप निर्माणमा उहाँले प्रमुख रणनीतिकारको रूपमा काम गर्नुभएको छ ।
अन्तर्राष्ट्रिय स्तरमा उहाँ अमेरिकाको IEEE एथिकल एआई कमिटी को सदस्यका रूपमा विश्वव्यापी एआई मापदण्ड निर्धारणमा सक्रिय हुनुहुन्छ ।
वर्ल्ड एआई एलायन्सका मुख्य उद्देश्यहरू
यस संस्थाले मुख्यतया एआईको नैतिक र उत्तरदायी प्रयोगमा जोड दिनेछ । यसका चार मुख्य स्तम्भहरू यस प्रकार छन्:
नैतिक सुशासन: एआई एल्गोरिदम र तालिम डेटासेटहरूमा निष्पक्षता र पारदर्शिता ल्याउने ।
शिक्षा र प्रतिभा खोजी: अन्तर्राष्ट्रिय ह्याकाथन र फेलोसिपमार्फत नयाँ पुस्ताका एआई लिडरहरू तयार गर्ने ।
खुला पूर्वाधार: स्वास्थ्य र शिक्षा जस्ता क्षेत्रमा प्रयोग हुने एआई सफ्टवेयरलाई खुला पहुँचयोग्य बनाउने ।
विश्वव्यापी सहकार्य: विभिन्न देश र क्षेत्रहरूबीच समावेशी एआई विकासका लागि साझेदारी गर्ने ।
एक सशक्त र विशेषज्ञ टोली
न्युयोर्कमा मुख्यालय रहेको यस संस्थामा विश्वका उत्कृष्ट विज्ञहरू आबद्ध छन् । नेतृत्व टोलीमा उज्ज्वल रायका साथै महासचिवको रूपमा युवा नेपाली साइबर सुरक्षा विज्ञ सुयोग पराजुली रहनुभएको छ ।
त्यसैगरी क्रिस एकम्यान, क्रिस साल्सबरी, मेल्भिन राल्फ मान्चाउन र ध्रुबो आदित्य जस्ता विशेषज्ञहरूले सल्लाहकारका रूपमा संस्थालाई मार्गदर्शन गर्नेछन् ।
संस्थापक अध्यक्ष रायका अनुसार, “वर्ल्ड एआई एलायन्स केवल एउटा संस्था मात्र नभई एउटा अभियान हो, जसले एआईलाई मानवहित र पारदर्शिताका लागि प्रयोग गर्ने सुनिश्चित गर्नेछ”।
For more: Ujjwal Roy Lead World AI Alliance



