१९ भदौ, काठमाडौं।
नेपालको प्रतिष्ठित शंकर ग्रुप अन्तर्गतको जगदम्बा मोटर्स, जुन नेपालमा टीभीएस दुई पाङ्ग्रे सवारीसाधनहरूको एकमात्र आधिकारिक वितरक हो, ले भदौ १८ देखि २३ गतेसम्म काठमाडौंको भृकुटीमण्डपमा “टीभीएस ग्रेट ग्राण्ड एक्सचेन्ज तथा फाइनान्स मेला” सुरु गर्ने घोषणा गरेको छ।
यो ६ दिने भव्य मेला आफ्ना सवारी साधन अपग्रेड गर्न चाहने ग्राहकहरूका लागि विशेष अवसर हुनेछ। ग्राहकहरूले कुनै पनि ब्रान्डको पुरानो मोटरसाइकल वा स्कुटर साटेर नयाँ टीभीएस दुई पाङ्ग्रे लिन सक्नेछन्, साथै निम्न आकर्षक अफरहरू उपलब्ध हुनेछन्:
रु. १,००,००० सम्म नगद छुट
पुरानो गाडीमा न्यूनतम रु. ३०,००० मूल्यांकन
एक्सचेन्ज गर्दा रु. १०,००० सम्मको अतिरिक्त फाइदा
प्रत्येक नयाँ खरिदमा निःशुल्क एसेसरीज
केवल नागरिकता र लाइसेन्ससहित सजिलो फाइनान्स योजना
यसका अतिरिक्त, प्रि–बुक गर्ने ग्राहकहरूले Boult Smart Watch र Earbuds विशेष उपहारका रूपमा प्राप्त गर्नेछन्।
यस ६ दिने मेलामा आकर्षण थप्नका लागि स्टण्ट शो, टेस्ट राइड, गेमिङ जोन, र फुड स्टलहरू पनि रहनेछन्, जसले मेलालाई केवल खरिद अनुभव मात्र नभई एक सम्पूर्ण उत्सवमय अवसर बनाउनेछ।
यस कार्यक्रमको बारेमा बोल्दै जगदम्बा मोटर्सका उपाध्यक्ष श्री दीपक रौनियारले भन्नुभयो, ‘ग्रेट ग्राण्ड एक्सचेन्ज एण्ड फाइनान्स मेला हाम्रो सम्मानित ग्राहकहरूलाई यस उत्सवमा उत्तम सुविधा उपलब्ध गराउने हाम्रो प्रयास हो।
आकर्षक नगद छुट, सजिलो फाइनान्स सुविधा र लाइफटाइम वारन्टीको आश्वासनसँगै, TVS ले प्रत्येक राइडरप्रति मूल्य, विश्वास र सन्तुष्टिको हाम्रो लामो प्रतिबद्धतालाई अझ मजबुत बनाइरहेको छ।’”
यो मेला यसपालिको टीभीएस दशैं–तिहार अभियान “बाँड्दै हर्ष, बढाउँदै सम्बन्ध” सँग पनि जोडिएको छ, जसले नेपालको सबै परिवारहरूको उत्सवलाई अझै यादगार बनाउनेछ।
For more: TVS Grand Exchange Mela 2082