TVS ले भव्य दशैं अभियान सुरु गर्यो: बाँड्दै हर्ष, बढाउँदै सम्बन्ध

TVS Dashain Campaign 2025
Share It On:

११ भदौ, काठमाडौं ।

जगदम्बा मोटर्स, नेपालमा TVS दुईपाङ्ग्रे सवारी साधनहरूको एकमात्र आधिकारिक वितरक तथा प्रतिष्ठित शंकर समूहको गर्वित सदस्यले यस वर्षको दशैंलाई उल्लास र एकतासहित मनाउन “ बाँड्दै हर्ष, बढाउँदै सम्बन्ध” नामक भव्य अभियान सार्वजनिक गरेको छ।

यस अभियान अन्तर्गत, कुनै पनि TVS मोटरसाइकल वा स्कुटर खरिद गर्ने ग्राहकहरूले अधिकतम रु. १,००,००० सम्म नगद छुट प्राप्त गर्न सक्नेछन्। साथै, १,००० भाग्यशाली ग्राहकहरूले रु. ८,००० को सपिङ भाउचर प्राप्त गर्ने अवसर पाउनेछन्, जसले दशैंलाई अझ रमाइलो बनाउनेछ।

ग्राहकहरूको सहजता र सरल स्वामित्व सुनिश्चित गर्न, TVS ले छिटो फाइनान्स सुविधा उपलब्ध गराएको छ, जसका लागि केवल नागरिकता प्रमाणपत्र र चालक अनुमतिपत्र आवश्यक हुन्छ। साथै, पुरानो दुईपाङ्ग्रे सवारीसाधन अदला–बदली गर्न चाहनेहरूका लागि, TVS ले अतिरिक्त रु. १०,००० मूल्याङ्कन दिने एक्सचेन्ज योजना पनि ल्याएको छ।

यस दशैं, TVS ले नयाँ रंगका आकर्षक संस्करणहरू पनि प्रस्तुत गर्दैछ, जसले प्रत्येक सवारीकर्ताको व्यक्तित्व र पर्वको उत्साहसँग मेल खाने नयाँ विकल्पहरू उपलब्ध गराउनेछ।

यो उत्सवलाई अझ विशेष बनाउन, TVS Riding Community ले “Ride Back Home” नामक विशेष यात्राको आयोजना गरेको छ। आधिकारिक मार्शलहरूको नेतृत्वमा काठमाडौंबाट बुटवल, विराटनगर र पोखरातर्फ तीन फरक रुटमा यात्राहरू हुनेछ। प्रत्येक TVS ग्राहक यस यात्रामा सहभागी भई आफ्नो गन्तव्य सुरक्षित, रोचक र अविस्मरणीय तरिकाले पुग्न सक्नेछन्।

विश्वास र भरपर्दोपनाको प्रतिज्ञालाई मजबुत पार्दै, TVS ले आफ्ना उत्पादनमा लाइफटाइम वारेन्टी प्रदान गर्छ, साथै काठमाडौं भित्र ६० मिनेटभित्र स्पेयर पार्ट्स डेलिभरी सेवा उपलब्ध गराउँछ नत्र नि:शुल्क।

“हरेक आवश्यकताका लागि दुईपाङ्ग्रे” भन्ने अवधारणासहित TVS ले नेपालभरका विविध ग्राहकहरूसँग निरन्तर सम्बन्ध गाँसिरहेको छ। स्टाइलिश स्कुटरदेखि शक्तिशाली मोटरसाइकलसम्म, हरेकको लागि उपयुक्त सवारी TVS मा उपलब्ध छ।

रोचक अफरहरू, आकर्षक नयाँ संस्करणहरू र सामुदायिक यात्रासहित, TVS ले यस वर्षको उत्सवलाई आफ्नो मूलमन्त्रमा समेटेको छ “Feel Festive. Ride TVS. 2-Wheelers for Every Need.”

यस दशैं, TVS सँगै मनाऔं जहाँ खुशी बढ्छ, सम्बन्ध अझ गहिरो हुन्छ।

For more: TVS Dashain Campaign 2082


Share It On:

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Recent Posts