TVS ARE GP को फाइनलका लागि ३ नेपाली राइडर भारत प्रस्थान: चेन्नईमा हुनेछ कडा प्रतिस्पर्धा
२० चैत, काठमाडौँ।
TVS Motor Company ले ARE GP नेपालमा उत्कृष्ट प्रदर्शन गर्ने तीन नेपाली राइडरहरू ARE GP को अन्तर्राष्ट्रिय फाइनलका लागि छनोट भएको जनाएको छ।
छनोट भएका राइडरहरूले अप्रिल २ देखि ५ सम्म भारतको चेन्नई स्थित Madras International Circuit मा हुने फाइनल प्रतिस्पर्धामा नेपालको प्रतिनिधित्व गर्नेछन्। उक्त प्रतिस्पर्धामा विभिन्न देशका उत्कृष्ट तथा अनुभवी राइडरहरू बीच प्रतिस्पर्धा हुने अपेक्षा गरिएको छ।
फाइनलका लागि छनोट भएका राइडरहरू:
अभिनव राज मल्ल – १६०cc
दिलीप दनुवार – २००cc
सुजन थापा मगर – ३१०cc
उक्त राइडरहरूले TVS Apache Racing Experience (ARE) GP नेपालको प्रतिस्पर्धात्मक चरणमा उत्कृष्ट प्रदर्शन गर्दै अन्तर्राष्ट्रिय फाइनलमा स्थान बनाएका हुन्। ARE GP एक यस्तो प्लेटफर्म हो, जसले उदाउँदा रेसिङ प्रतिभालाई पहिचान गर्दै व्यावसायिक ट्र्याक अनुभव हासिल गर्ने अवसर प्रदान गर्दछ।
अन्तर्राष्ट्रिय फाइनल आयोजना हुने Madras International Circuit प्राविधिक रूपमा चुनौतीपूर्ण ट्र्याकका रूपमा परिचित छ, जहाँ राइडरहरूको गति, नियन्त्रण र निरन्तरताको कडा परीक्षण हुनेछ।
TVS Motor Company ले TVS Racing मार्फत मोटरस्पोर्ट्स क्षेत्रमा आफ्नो उपस्थितिलाई अझ सुदृढ बनाउँदै नयाँ पुस्ताका राइडरहरूलाई अघि बढाउने कार्य गर्दै आएको छ।
ARE GP जस्ता पहलमार्फत कम्पनीले विभिन्न बजारहरूमा रेसिङ संस्कृतिको विकासमा समेत योगदान पुर्याउँदै आएको छ।
ARE GP फाइनलमा नेपाली राइडरहरूको सहभागिता नेपालको मोटरस्पोर्ट्स विकासतर्फको महत्त्वपूर्ण उपलब्धि मानिएको छ। अन्तर्राष्ट्रिय मञ्चमा हुने यस प्रतिस्पर्धामा अब सबैको ध्यान नेपाली राइडरहरूको प्रदर्शनतर्फ केन्द्रित हुनेछ।
For more: TVS ARE GP Grand Finale in Chennai


