ट्रेड टावरको आइपीओ नेप्सेमा सूचीकृत, भोलिबाट कारोबारमा आउने

Trade Tower IPO NEPSE Trading
Share It On:

३१ असार, काठमाडौं ।

ट्रेड टावरको आइपीओ (IPO) नेपाल स्टक एक्सचेञ्ज (नेप्से) मा सूचीकृत भएको छ। अब यस कम्पनीको शेयर भोलि बुधबारदेखि दोस्रो बजारमा कारोबारमा आउनेछ।

आज मंगलबार नेप्सेमा ट्रेड टावरको कुल ८१ लाख ५६ हजार ९७ कित्ता साधारण शेयर सूचीकृत भएको हो। यसमध्ये ३९ लाख ७१ हजार ६९३ कित्ता सर्वसाधारण शेयरधनीहरुका लागि जारी गरिएको थियो भने ४२ लाख ८४ हजार ४०४ कित्ता संस्थापक शेयरधनीहरुले लगानी गरेको शेयर हो।

नेप्सेले ट्रेड टावरलाई ‘टीटीएल’ (TTL) कारोबार संकेत प्रदान गरेको छ। पहिलो कारोबारका लागि नेप्सेले यस कम्पनीको शेयरलाई प्रति कित्ता न्यूनतम १२३ रुपैयाँ ९ पैसा र अधिकतम ३६९ रुपैयाँ २७ पैसाको ओपनिङ रेन्ज तोकेको छ।

ट्रेड टावरले सर्वसाधारणका लागि गत जेठ १४ गतेदेखि २० गतेसम्म आइपीओ बिक्री खुला गरेको थियो भने असार १ गते आइपीओ बाँडफाँट गरिएको थियो। अब भोलि बुधबारको स्पेसल प्रि–ओपन सेसनमा शेयर किनबेच भएपछि नियमित सत्रमा कारोबार हुनेछ।

For More:-Trade Tower IPO NEPSE Trading


Share It On:

Leave a Reply

Your email address will not be published. Required fields are marked *