ट्रेड टावर लिमिटेडको आईपीओ: जेठ १४ देखि ३२ लाख बढी कित्ता सर्वसाधारणका लागि खुला

Trade Tower IPO Nepal
Share It On:

५ जेठ, काठमाडौं ।

ट्रेड टावर लिमिटेडले २०८२ जेठ १४ गतेदेखि आम सर्वसाधारणलाई आईपीओ निष्काशन गर्ने भएको छ । यस कम्पनीले नेपाल धितोपत्र बोर्डबाट प्रतिकित्ता १ सय रूपैयाँका दरले जम्मा ३९ लाख ७१ हजार ६९३ कित्ता आईपीओ निष्कासन गर्न अनुमति पाएको छ।

Trade Tower IPO Nepal

 ट्रेड टावर लिमिटेडले यही जेठ १४ गतेदेखि सर्वसाधारणका लागि आईपीओ निष्कासन गर्ने भएको छ। आवेदन दिंदा न्युनतम १० कित्ता र अधिकतम १०० कित्ताको लागि आवेदन दिन सक्ने छन् ।

यस कम्पनीले नेपाल धितोपत्र बोर्डबाट प्रतिकित्ता १ सय रूपैयाँका दरले जम्मा ३९ लाख ७१ हजार ६९३ कित्ता आईपीओ निष्कासन गर्न अनुमति पाएको छ। जसमध्ये ३ लाख ९७ हजार १६९.३० कित्ता शेयर पहिलो चरणमा वैदेशिक रोजगारीमा रहेका नेपालीहरूका लागि निष्कासन गरेर बाँडफाँड समेत गरिसकेको छ।

नेपाल धितोपत्र बोर्डले कम्पनीलाई चैत्र २५ गते शेयर निष्काशनको अनुमति प्रदान गरेको थियोे । कम्पनीले कुल ३९ करोड ७१ लाख ६९ हजार ३ सय रुपैयाँ बराबरको ३९ लाख ७१ हजार ६ सय ९३ कित्ता शेयर निष्काशन गर्ने छ। कम्पनीले जारी पुँजीको ४८.६९६ प्रतिशत शेयर आईपीओको रुपमा निष्काशन गर्न लागेको हो। शेयर निष्काशनको लागि लक्ष्मी सनराइज क्यापिटल बिक्री प्रबन्धक रहेको छ।

यस कम्पनीले थापाथलीमा ट्रेड टावर निर्माण सम्पन्न गरि संचालन गरिरहेको छ। त्यस्तै भैसिपाटीमा जनता रेसिडेन्सी नामको अपार्टमेन्ट र गौशालामा होटेल क्रिस्टल पशुपति निर्माण सम्पन्न गरि संचालन गरिरहेको छ।

अब कम्पनीले बाँकी रहेको ३५ लाख ७४ हजार ५२३.७० कित्तामध्ये १ लाख ९८ हजार ५८४.६५ कित्ता सामूहिक लगानी कोषका लागि र ७९ हजार ४३३.८६ कित्ता कम्पनीमा कार्यरत कर्मचारीका लागि सुरक्षित गरेको छ।

यसरी अन्त्यमा बाँकी रहेको ३२ लाख ९६ हजार ५०५.१९ कित्ता शेयर सर्वसाधारणका लागि निष्कासन गर्न लागेको हो। यसमा जेठ १९ गतेसम्म आवेदन दिन सकिनेछ। आईपीओका लागि आवेदन दिँदा घटीमा १० कित्ता र बढीमा १ हजार कित्तासम्मका लागि आवेदन दिन सकिने व्यवस्था रहेको छ।

For More:-Trade Tower IPO Nepal 

#ट्रेड_टावर_आईपीओ #आईपीओ_निष्कासन #नेपाल_धितोपत्र_बोर्ड #सर्वसाधारण_का_लागि_आईपीओ #आईसीटीफ्रेम #नेपाली_बजार #सेयर_बजार_नेपाल #नविन_आईपीओ #ट्रेड_टावर_लिमिटेड #विनियोग_अवसर #आर्थिक_विकास #नयाँ_आईपीओ_नेपाल


Share It On:

Leave a Reply

Your email address will not be published. Required fields are marked *