टोस्टमास्टर्स नेपालको साइटेसन २०२४ सम्पन्न

Toastmasters Nepal Celebrates Citation 2024
Share It On:

१ असोज, काठमाडौं ।

टोस्टमास्टर्स नेपालको साइटेसन २०२४ सम्पन्न भएको छ । यही भाद्र २९ गते शनिबार काठमाडौंको अलफ्टमा भएको उक्त साइटेसनमा देशभरका करिब ३०० सदस्यहरू उपस्थित रहेका थिए ।

काठमाडौं, भक्तपुर, झापा, धरान, बुटवल, भैरहवा, वीरगन्ज, नेपालगन्ज, पोखरा र चितवनका ६० भन्दा बढी क्लबका सदस्यहरू साइटेसनमा सहभागी भएका थिए । ‘टुगेदर फर हन्ड्रेड’ भन्ने नाराका साथ टोस्टमास्टर्स इन्टरनेशनलको शतवार्षिकी मनाउँदै सन् २०२६ सम्ममा नेपालमा १०० वटा टोस्टमास्टर्स क्लबको लक्ष्य हासिल गर्ने प्रतिबद्धता पनि उक्त साइटेसनमा व्यक्त गरिएको थियो ।

टोस्टमास्टर्स नेपालले हरेक वर्ष टोस्टमास्टरको सदस्यभन्दा बाहेकको एक व्यक्तित्वलाई उहाँको सञ्चार तथा नेतृत्व क्षमताका लागि ‘दि कम्युनिकेटर अवार्ड’ प्रदान गर्दै आएको छ । यस वर्षको ‘कम्युनिकेटर अवार्ड २०२४’ चर्चित मिडियाकर्मी श्री भुषण दाहाललाई फ्रदान गरिएको थियो ।

कार्यक्रमका मुख्य वत्ता अन्तर्राष्ट्रिय मोटिभेसनल स्पीकर तथा हिन्दू पौराणिक कथाका विज्ञ श्री अतुल सत्य कौशिक साइटेसनका मुख्य आकर्षण थिए । कार्यक्रमको सफलताबारे बोल्दै टोस्टमास्टर्स इन्टरनेशनलको डिस्ट्रिक्ट ४१ की डिस्ट्रिक्ट डाइरेक्टर मून प्रधानले भन्नुभयो, “यस वर्षको साइटेसनले नेपालको टोस्टमास्टर्स समुदाय बीचको एकताको भावनालाई प्रस्तुत गरेको छ । हामी नेपालमा टोस्टमास्टर्सको अहिलेसम्मको प्रगति देखेर निकै गर्वित छौं । यस सफलतालाई निरन्तरता दिँदै सन् २०२६ सम्म १०० वटा टोस्टमास्टर्स क्लब पुर्‍याउने लक्ष्य हामीले राखेका छौँ ।”

त्यसैगरी साइटेसनमा पाँचवटा डिभिजनहरूको ह्युमरस स्पिच, टोस्टमास्टर सीमा गोल्छाको स्ट्यान्ड–अप कमेडी प्रस्तुति, अन्य थुप्रैसदस्यहरूको नृत्य र गायन लगायत मनोरञ्जनात्मक प्रस्तुतिको साथमा अन्य थुप्रै सामुहिक गतिविधिहरू र पुरस्कारहरू समावेश थिए ।

यस वर्षको साइटेसनको सफलताले नेपालमा टोस्टमास्टर्सको बढ्दो चर्चा र आकर्षणलाई प्रस्ट बनाएको छ । यस साइटेसनले हरेक वर्षझैं नयाँ बेन्चमार्क सेट गर्दै आउँदो वर्षभर हुने टोस्टमास्टर्सका कार्यक्रमहरुप्रतिको उत्सुकतालाई झनै बढाएको छ ।


Share It On:

Leave a Reply

Your email address will not be published. Required fields are marked *