नेपालमाआधिकारिक रूपमा दर्ता भयो टिकटक, डिजिटल साक्षरतामा सघाउने

TikTok Officially Registered in Nepal
Share It On:

२१ कात्तिक, काठमाडौं ।

नेपालमा पहिलो पटक सामाजिक सञ्जाल टिकटक आधिकारिक रूपमा दर्ता भएको छ। सञ्चार तथा सूचना प्रविधि मन्त्रालयले दिएको जानकारी अनुसार टिकटकले आवश्यक कागजात पेश गर्दै तिहारअघि नै दर्ता प्रक्रिया पूरा गरेको थियो। मंगलबार टिकटकका प्रतिनिधिले आधिकारिक दर्ता प्रमाणपत्र लिएको मन्त्रालयका प्रवक्ता गजेन्द्रकुमार ठाकुरले बताए।

TikTok Officially Registered in Nepal

टिकटकले कागजात उपलब्ध गराउन कात्तिक तेस्रो साता सम्मको समय मागे पनि कात्तिकको सुरूमै कागजात उपलब्ध गराएको थियो। दुई सय पृष्ठको कागजात अध्ययन गरिसकेपछि दर्ता भएको उल्लेख छ ।

टिकटकले नेपालको पर्यटन प्रवर्द्धनमा सहयोग पुग्ने सामग्रीहरूमा सहयोग गर्ने, डिजिटल साक्षरताका विषयमा सहयोग गर्ने लगायतका नेपाल सरकारले तोकेका सर्तहरू पनि पूरा गर्ने प्रतिवद्धता व्यक्त गरेको छ ।

२०८० कात्तिक २७ मा नेपालमा टिकटक बन्द भएको थियो । त्यसको करिब एक वर्षपछि दशैंअगाडि टिकटक खुलेको हो । सरकारले गत वर्ष फेसबुक, टिकटक जस्ता सामाजिक सञ्जाल सूचीकृत नगरे बन्द गर्ने निर्देशिका मन्त्रिपरिषदबाट पारित गरेको थियो। जस अनुसार सूचना जारी गरेको तीन महिनाभित्र सूचीकृत हुनुपर्ने व्यवस्था गरेको थियो।

For More:-TikTok Officially Registered in Nepal 


Share It On:

Leave a Reply

Your email address will not be published. Required fields are marked *