२६ असार, काठमाडौं।
नेपालमा मनसुनजन्य बाढी र डुवानको जोखिम बढिरहेका बेला, सामाजिक सञ्जाल प्लेटफर्म टिकटक (TikTok) ले नेपाली प्रयोगकर्ताहरूको सुरक्षालाई ध्यानमा राख्दै नयाँ सर्च गाइड सार्वजनिक गरेको छ।
यस गाइडमार्फत प्रयोगकर्ताहरूले बाढी र अन्य प्राकृतिक प्रकोपसँग सम्बन्धित सही र प्रमाणित जानकारी प्राप्त गर्न सक्नेछन्। टिकटकले गलत सूचना रोक्न, फ्याक्ट-चेक गर्न सजिलो बनाउने, र संकटमा रहेका व्यक्तिलाई मानसिक तथा व्यावहारिक सहयोग प्रदान गर्न यो नयाँ पहल सुरु गरेको हो।
विशेष ब्यानर सहितको सर्च फिचर
अब टिकटकमा यदि प्रयोगकर्ताले “flood in Nepal” वा “मनसुन बाढी” जस्ता खोजी शब्दहरू टाइप गरेमा, एक विशेष ब्यानर देखा पर्नेछ जसले उनीहरूलाई विश्वसनीय स्रोततर्फ मार्गदर्शन गर्नेछ।
यस ब्यानरमार्फत प्रयोगकर्ताले निम्न स्रोतहरूमा पहुँच पाउनेछन्:
BIPAD पोर्टल (www.bipadportal.gov.np) — नेपाल सरकारको राष्ट्रिय विपद् सूचना पोर्टल
TikTok Safety Center — डिजिटल सुरक्षा सम्बन्धी संसाधनहरूको पहुँच
Tragic Event Support Guide — विपद्का बेला मानसिक स्वास्थ्य सहयोग, रिपोर्टिङ गाइड, र संवेदनशील सामग्री कसरी सेयर गर्ने भन्ने जानकारी
“ट्र्याजिक ईभेन्ट” गाइडले के समेट्छ?
टिकटकले प्राकृतिक प्रकोप, सामाजिक घटना वा व्यक्तिगत क्षतिको क्षणलाई “ट्र्याजिक ईभेन्ट” भनेर परिभाषित गरेको छ। यसअन्तर्गत, प्रयोगकर्ताले निम्न जानकारी प्राप्त गर्न सक्छन्:
मानसिक स्वास्थ्य सहयोग कसरी खोज्ने?
संवेदनशील घटना समेटिएको सामग्रीलाई कसरी सुरक्षितरूपमा सेयर गर्ने
फेक सूचना वा गम्भीर भ्रामक सामग्री कसरी रिपोर्ट गर्ने
टिकटकको भनाइ: संकटमा सही जानकारी अत्यावश्यक
फिरदौस मोत्ताकिन, टिकटकका दक्षिण एशियाका लागि पब्लिक पोलिसी एण्ड गभर्मेन्ट रिलेसन्स प्रमुखका अनुसार:
“संकटकालमा सही जानकारीकै भरमा सुरक्षित निर्णय लिन सकिन्छ। त्यसैले हामीले सरकारी तथा विश्वसनीय संस्थाहरूसँग सहकार्य गर्दै यो गाइड तयार गरेका हौं।”
डिजिटल जिम्मेवारी र टिकटकको दीर्घकालीन लक्ष्य
यो पहल टिकटकको डिजिटल सुरक्षामा प्राथमिकता, भरोसायोग्य सामग्रीको प्रवर्द्धन, र प्रयोगकर्तालाई सशक्त बनाउने अभियान अन्तर्गत गरिएको हो।
टिकटकले प्रयोगकर्ताको मानसिक र सामाजिक स्वास्थ्य, संकटबेला जिम्मेवार व्यवहार, र फ्याक्ट-चेकिंगको महत्व उजागर गर्दै सकारात्मक डिजिटल वातावरण निर्माणमा आफू प्रतिबद्ध रहेको बताएको छ।
टिकटकको बारेमा
टिकटक एक अग्रणी छोटो भिडियो सञ्जाल हो जसको लक्ष्य हो सिर्जनात्मकता फैलाउने र खुसी बाँड्ने। यसको कार्यालयहरू विश्वका मुख्य शहरहरूमा छन्, जस्तै लस एन्जलस, लन्डन, सिङ्गापुर, दुबई, टोकियो आदि।
For more: tiktok flood info nepal