टिकटकले (टिनएजर)किशोर-किशोरीहरूको सुरक्षाका लागि नेपालमा सुरु गर्‍यो ‘फ्यामिली पेयरिङ’ फिचर

TikTok Family Pairing Feature Nepal
Share It On:

२१ वैशाख, काठमाडौं।

टिकटकले नेपालमा आफ्ना कलिला युजरहरूका लागि जिम्मेवार र सुरक्षित अनलाइन अनुभव प्रवर्द्धन गर्न परिवारहरूलाई सहयोग गर्ने उद्देश्यले आफ्नो नयाँ ‘फ्यामिली पेयरिङ’ फिचर सुरु गरेको छ।

यस फिचरमार्फत अभिभावकहरूले आफ्ना टिनएजर (किशोर-किशोरी) को टिकटक एकाउंटलाई आफ्नो एकाउंटसँग जोड्न सक्नेछन्, जसले गर्दा उनीहरूलाई सेफ्टी सम्बन्धी धेरै विकल्पहरूमा पहुँच मिल्नेछ। यसबाट परिवारका सदस्यहरूबीच जिम्मेवार र सुरक्षित इन्टरनेट प्रयोगको संस्कार विकास गर्न सहयोग पुग्ने अपेक्षा गरिएको छ।

फ्यामिली पेयरिङ फिचर सुरु गर्नको लागि टिकटकको “सेटिङ्स एण्ड प्राइभेसी” मेनुमा गएर QR कोड स्क्यान गरेर अकाउन्टहरू आपसमा जोड्न सकिन्छ। एकचोटि अकाउन्ट जोडिएपछि अभिभावकहरूले आफ्ना छोराछोरीको फोन नछोइकनै आफ्नै मोबाइलबाट सिधै सुरक्षासम्बन्धी सेटिङहरू परिवर्तन गर्न सक्नेछन्।

फ्यामिली पेयरिङमा १५ भन्दा बढी सुरक्षा, गोपनीयता र डिजिटल वेल-बिइंगसँग सम्बन्धित कस्टमाइजेबल फिचरहरू छन् जसलाई अभिभावकले आफ्ना छोराछोरीको टिकटक अनुभव अनुसार मिलाउन सक्नेछन्। जस्तै यसमा दैनिक स्क्रीन टाइम सीमित गर्ने, मेसेजिङ र कमेन्ट रोक्ने, उमेरअनुसारको कन्टेन्ट देखिने बनाउने, एकाउंट खोज्न मिल्ने या नमिल्ने बनाउने, सर्च सेटिङ कन्ट्रोल गर्नेजस्ता फिचरहरु रहेका छन्।

यो फिचरले परिवारका लागि मानसिक शान्ति दिनेछ, किनभने यसले किशोर (टिन) प्रयोगकर्ताको सुरक्षा मात्र नभई उनीहरू र अभिभावकबीच डिजिटल व्यवहारका बारेमा हुने खुला संवादलाई पनि प्रोत्साहन गर्छ। यो आउँदै गरेको पुस्ताका लागि सुरक्षित र सोचविचार गरेर इन्टरनेट चलाउने वातावरण बनाउनका लागि एक महत्वपूर्ण कदम हो।

“टिकटकका लागि हाम्रो कम्युनिटीको सुरक्षा प्रमुख प्राथमिकतामा पर्दछ, विशेष गरी जब (टिन) युजरहरूको कुरा आउँछ। नेपाली परिवारहरूलाई जिम्मेवार डिजिटल व्यवहारलाई प्रोत्साहन गर्ने उपयोगी टुलहरू प्रदान गर्ने प्रयासकै एक हिस्साको रूपमा फ्यामिली पेयरिङ फिचरको सुरुवात गरिएको हो,” टिकटकका लागि दक्षिण एसिया क्षेत्रका सार्वजनिक नीति तथा सरकारी सम्बन्ध प्रमुख फिरदौस मोत्तकिनले भने।

“नेपालमा दर्ता भएको प्लेटफर्मको रूपमा हामी हाम्रो प्लेटफर्ममा सबैका लागि सुरक्षित, सकारात्मक र समावेशी अनलाइन वातावरण सुनिश्चित गर्न नेपाल सरकार र सम्बन्धित सरोकारवालाहरूसँग नजिक रहेर काम गर्न पनि प्रतिबद्ध छौं।”

यो फिचरलाई देशभर पुर्‍याउन टिकटकले नेपालको चर्चित सेलिब्रिटीहरू र डिजिटल इन्फ्लुएन्सरहरूसँग सहकार्य गर्दै जनचेतनामूलक अभियान पनि सञ्चालन गर्दैछ। यो अभियान मुलधारका मिडिया, आउटडोर बिलबोर्डहरू तथा सामाजिक सञ्जालमार्फत प्रचार गरिनेछ। सार्वजनिक व्यक्तित्वहरूको विश्वसनीय आवाजलाई उपयोग गरेर टिकटकले नेपालभरका परिवारहरूसम्म पुग्ने र फ्यामिली पेयरिङ फिचरको व्यापक अपनत्वलाई प्रोत्साहित गर्ने लक्ष्य राखेको छ।

टिकटकले विश्वभरका प्रयोगकर्ताहरूलाई सुरक्षित र पारदर्शी अनुभव दिन नीतिहरू र फिचरहरू ल्याउँदै आएको छ। नेपालमा ‘फ्यामिली पेयरिङ’को सुरुवात पनि सोही दीर्घकालीन रणनीतिको हिस्सा हो, जसले विशेषगरी युवापुस्तालाई सुरक्षित अनुभवका साथ टिकटक प्रयोग गर्न प्रोत्साहन गर्नेछ।

टिकटकको बारेमा

टिकटक छोटो आकारको मोबाइल भिडियोको लागि अग्रणी गन्तव्य हो। हाम्रो मिशन भनेको रचनात्मकतालाई प्रेरित गर्नु र मनोरञ्जन दिनु हो। टिकटकको ग्लोबल मुख्यालय लस एन्जलस र सिंगापुरमा छ र यसका कार्यालयहरु न्यूयोर्क, लन्डन, डब्लिन, पेरिस, बर्लिन, दुबई, जकार्ता, सियोल र टोकियो जस्ता शहरहरूमा अवस्थित छन्।

For more: TikTok Family Pairing Feature in Nepal


Share It On:

Leave a Reply

Your email address will not be published. Required fields are marked *