एक्स्क्लुसिभ इन-एप एक्सपिरियन्सका साथ टिकटकले मनायो बीटीएसका जिमिनको दोस्रो सोलो एल्बम MUSE

TikTok BTS Jimin’s Second Solo Album
Share It On:

१५ साउन काठमाडौं ।

गीतसंगीतको खोज र मनोरन्जनको लागि चिरपरिचित प्लेटफर्म टिकटकले चर्चित सांगीतिक समुह बीटीएसका एक महत्वपूर्ण सदस्य जिमिनको बहुप्रतिक्षित सोफोमोर एल्बम MUSE रिलीजको उत्सव मनाउँदै एउटा इमर्सिभ इन-एप एक्सपिरियन्सको सुरुवात गरेको छ।

TikTok BTS Jimin’s Second Solo Album MUSE

#Jimin_Who हबले आफ्ना विश्वव्यापी प्रशंसकहरूलाई विशेष कन्टेन्टहरूसँग इन्गेज हुन, च्यालेन्जहरूमा भाग लिन र सीमित-समयको लागि उपलब्ध हुने पुरस्कारहरू प्राप्त गर्ने अवसर प्रदान गर्नेछ।

‘jimin’ र ‘BTS’ जस्ता सम्बन्धित शब्दहरू सर्च गर्दा सीमित-समयको लागि च्यालेन्जहरू अनलक गर्न विशेष प्रोफाइल फ्रेमहरू प्रस्तुत हुनेछ। यसका साथै हबले जिमिनको सोलो काम र कोल्याबरेसनहरू, फ्यान स्पटलाइट प्रदर्शन गर्ने स्ट्यान्डआउट आर्मी सदस्य र उनीहरूका सिर्जनाहरू र जिमिनको सोफोमोर एल्बम MUSE रिलिजको उत्सव मनाउने इमर्सिभ एक्सपिरियन्स सहित स्वयम् जिमिनबाट उत्कृष्ट कन्टेन्टहरू समेत प्रस्तुत गर्नेछ।

यस पहलले कलाकार र फ्यानहरूलाई एकआपसमा नजिक ल्याउन र सिर्जना गर्न सशक्त बनाउने टिकटकको प्रतिबद्धतालाई जोड दिन्छ। ५९.८ मिलियन पोस्टहरू जेनेरेट गर्दै तथा ६०२ बिलियन भ्युजहरू बटुल्दै टिकटक प्लेटफर्ममा सबैभन्दा छिटो बढ्दै गरेको विधाहरूमध्ये एक हो। यसमा पनि बीटीएस सबैभन्दा लोकप्रिय खाताहरूमध्ये एक भएकोले यो अनुभवले विश्वव्यापी टिकटक कम्युनिटीलाई एकसाथ जोड्ने विश्वास गरिएको छ।

एक दशक अघि डेब्यु गरेदेखि नै अनगिन्ति रेकर्डहरू तोड्दै BTS ले आफूलाई २१ औं शताब्दीको पप आइकनको रूपमा स्थापित गरेको छ, र टिकटकमा यो चौथो ठूलो कलाकार खाता समेत बनेको छ।

६५.५ मिलियन भन्दा बढी फलोअरहरू र १.४ बिलियन लाईकहरू सहित यस समूहसँग सम्बन्धित ह्यासट्यागहरूले ९४.१ मिलियन क्रियटर भिडियोहरूमा #bts र ३३.४ मिलियनमा #bts_official_bighit ह्याशट्यागहरू देखाउँदै ठूलो इन्गेजमेन्ट जेनेरेट गरिरहेको छ। जिमिनको सोलो कन्टेन्टले लाखौँ क्रियटर भिडियो र भ्युजहरूलाई प्रेरित गर्दै उनलाई ग्लोबल सुपरस्टारको रुपमा स्थापित गरेको छ।

#jimin सँग सम्बन्धित ह्यासट्यागहरू २२.९ मिलियन भन्दा बढी क्रियटर भिडियोहरूमा फिचर गरिएको छ। गत वर्ष आफ्नो पहिलो सोलो एल्बम FACE रिलिज गरेपछि जिमिनको #1 गीत ‘Like Crazy’ ले तीन लाख भन्दा बढी क्रियटर भिडियोहरूलाई प्रेरित गर्‍यो र टिकटकमा पोस्ट गरिएको समूहको डान्स भिडियोलाई ३६.२ मिलियन पटक हेरिएको थियो भने यसमा ८.६ मिलियन भन्दा बढी लाइकहरू प्राप्त भएको थियो। जिमिनले हालै MUSE बाट प्रि-रिलिज सोलो गीत “Smeraldo Garden Marching Band (feat. Loco)” को एउटा बिहाइन्ड द सिन भिडियो विशेष रुपमा शेयर गरेका थिए जसलाई ११ मिलियन प्रशंसकहरूले हेरेका छन् भने २.५ मिलियन लाइकहरू प्राप्त भएको छ।

TikTok BTS Jimin’s Second Solo Album MUSE


Share It On:

Leave a Reply

Your email address will not be published. Required fields are marked *