२८ साउन, काठमाडौं।
त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल (TIA) ले अन्तर्राष्ट्रिय टर्मिनल भवनबाट दिँदै आएको भिजिटर पास वितरण अब बन्द गरेको छ।
विमानस्थल सुविधादेय समितिको निर्णयअनुसार साउन २७ गतेदेखि अन्तर्राष्ट्रिय टर्मिनल ड्युटी अफिसमार्फत वितरण हुँदै आएको भिजिटर पास वितरण बन्द गरिएको महाप्रबन्धक कार्यालयले जनाएको छ।
विमानस्थलमा व्यक्तिगत सहायता आवश्यक पर्ने वृद्धवृद्धा, शारीरिक रूपमा फरक क्षमता भएका यात्रु, गर्भवती र नाबालक यात्रुका लागि विशेष सहायता कक्षको व्यवस्था गरिएको छ। साथै ह्विलचेयर र अन्य विशेष सहयोग आवश्यक परेमा सम्बन्धित वायुसेवा कम्पनीको सहकार्यमा सहजीकरण गरिँदै आएको छ।
यात्रुहरूलाई आफ्नो सामानको ‘चेक–इन’ संख्या र अधिकतम तौल हवाई टिकटमा उल्लेख अनुसार पालना गर्न अनुरोध गरिएको छ।
नेपाल नागरिक उड्डयन प्राधिकरणले यो निर्णय भिजिटर पास वितरणमा पहुँच नभएका व्यक्तिहरूको गुनासो र व्यवस्थापन सरल बनाउनका लागि गरेको जनाएको छ।
For More:-TIA-visitor-pass-stop